२० बैशाख २०८१, बिहिबार | May 2, 2024

डाँफे कप फुटबलको नवौं सृङ्खला माघ १५ देखि



खजुरा । बाँकेकै जेठो क्लबहरुमध्यको न्यु डाँफे स्पार्टस् क्लव खजुराले डाँफे कप फुटबल प्रतियोगिताको नवाँै सृङ्खला आयोजना गर्ने भएको छ । क्लवले यही माघ १५ गतेबाट बाँकेको खजुरा ४ डि गाउँ स्थित मिनी रंगशालामा ९ औँ डाँफे कप फूटबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

नक आउट फूटबल प्रतियोगितामा आज सम्ममा १६ वटा क्लवहरुले प्रतियोगितामा सहभागीता सुनिश्चितता गरिसकेको क्लवले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । ए डिभिजनको फुटबलको खेलाडी जन्माइसकेको न्यु डाँफे स्पोर्टस् क्लव २०३८ सालमा गठन भएको क्लव हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिताका संयोजक तिलक बिर सुनारले क्लवको आफ्नो स्थायी स्रोत नभएपनि ९ औं सृङ्खला सम्म दाताहरुको सहयोगबाट प्रतियोगिता संचालन गर्दै आएको जानकारी दिए । उनले यस वर्षको प्रतियोगितामा पनि बिभिन्न दाताहरुबाट सहयोगको आश्वासन प्राप्त भएको जनाउँदै आगामी दिनमा क्लवको स्थायी स्रोत बनाइने बताए ।

संयोजक सुनारका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई एकलाख ५५ हजार ५५५ र द्वितीयलाई ८५ हजार ५५५ रुपिया नगद पुरस्कार र मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्बाधिक गोलकर्तालाई पनि नगद २ हजार ५०० रुपिया प्रदान गरिने क्लबका अध्यक्ष हरिप्रकाश बिकले जानकारी दिए ।

प्रथम पुरस्कर खजुरा ४ स्थायी घर भइ हाल अमेरिकामा रहेका लिलबहादुर थापाले ब्यक्तिगत प्रायोजन गर्ने घोषणा गरेको आयोजकले जनाएको छ । बेष्ट स्कोरर, बेष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताको पुरस्कार भने जिल्ला फुटवल संघले प्रायोजन गर्ने बाँके जिल्ला फुटवल संघका महासचिव कमल खत्रीले बताए ।

पत्रकार सम्मेलनमा वडा अध्यक्ष टेकबहादुर रोकाले प्रतियोगितालाई स्थानीय सरकारको पस्र्ण साथ रहने प्रतिबद्धता ब्यक्त गरे । उनले खेल सकिएपछि सबै गतिबिधि सकिने परिपाटीलाई अन्त्य गर्न क्लवका पदाधिकारीलाई आग्रह गरे । खेल गतिबिधि निरन्तर संचालन गर्न र क्लवको हिसावकिताव पारदर्शी राखेर चन्दादाताहरुलाई सन्तुष्ट बनाउन उनले आयोजकलाई आग्रह गरे ।

डाँफे क्लवले फुटबलमा लालबहादुर थापा, बालबिर थापा, शंकरदेव गिरी, यामबहादुर गुरुङ, सुरेश थापा, लोकबहादुर खत्री, अर्जुन थापालगायत राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ४ : १९ बजे

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज