३ भदौ २०८३, बुधबार | August 19, 2026

डाँफे कप फुटबलको नवौं सृङ्खला माघ १५ देखि



खजुरा । बाँकेकै जेठो क्लबहरुमध्यको न्यु डाँफे स्पार्टस् क्लव खजुराले डाँफे कप फुटबल प्रतियोगिताको नवाँै सृङ्खला आयोजना गर्ने भएको छ । क्लवले यही माघ १५ गतेबाट बाँकेको खजुरा ४ डि गाउँ स्थित मिनी रंगशालामा ९ औँ डाँफे कप फूटबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

नक आउट फूटबल प्रतियोगितामा आज सम्ममा १६ वटा क्लवहरुले प्रतियोगितामा सहभागीता सुनिश्चितता गरिसकेको क्लवले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । ए डिभिजनको फुटबलको खेलाडी जन्माइसकेको न्यु डाँफे स्पोर्टस् क्लव २०३८ सालमा गठन भएको क्लव हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिताका संयोजक तिलक बिर सुनारले क्लवको आफ्नो स्थायी स्रोत नभएपनि ९ औं सृङ्खला सम्म दाताहरुको सहयोगबाट प्रतियोगिता संचालन गर्दै आएको जानकारी दिए । उनले यस वर्षको प्रतियोगितामा पनि बिभिन्न दाताहरुबाट सहयोगको आश्वासन प्राप्त भएको जनाउँदै आगामी दिनमा क्लवको स्थायी स्रोत बनाइने बताए ।

संयोजक सुनारका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई एकलाख ५५ हजार ५५५ र द्वितीयलाई ८५ हजार ५५५ रुपिया नगद पुरस्कार र मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्बाधिक गोलकर्तालाई पनि नगद २ हजार ५०० रुपिया प्रदान गरिने क्लबका अध्यक्ष हरिप्रकाश बिकले जानकारी दिए ।

प्रथम पुरस्कर खजुरा ४ स्थायी घर भइ हाल अमेरिकामा रहेका लिलबहादुर थापाले ब्यक्तिगत प्रायोजन गर्ने घोषणा गरेको आयोजकले जनाएको छ । बेष्ट स्कोरर, बेष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताको पुरस्कार भने जिल्ला फुटवल संघले प्रायोजन गर्ने बाँके जिल्ला फुटवल संघका महासचिव कमल खत्रीले बताए ।

पत्रकार सम्मेलनमा वडा अध्यक्ष टेकबहादुर रोकाले प्रतियोगितालाई स्थानीय सरकारको पस्र्ण साथ रहने प्रतिबद्धता ब्यक्त गरे । उनले खेल सकिएपछि सबै गतिबिधि सकिने परिपाटीलाई अन्त्य गर्न क्लवका पदाधिकारीलाई आग्रह गरे । खेल गतिबिधि निरन्तर संचालन गर्न र क्लवको हिसावकिताव पारदर्शी राखेर चन्दादाताहरुलाई सन्तुष्ट बनाउन उनले आयोजकलाई आग्रह गरे ।

डाँफे क्लवले फुटबलमा लालबहादुर थापा, बालबिर थापा, शंकरदेव गिरी, यामबहादुर गुरुङ, सुरेश थापा, लोकबहादुर खत्री, अर्जुन थापालगायत राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ४ : १९ बजे

मजपोक-नेटा-अर्मन-किमचौर-ताराखोला सडक : स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

म्याग्दी । यहाँको मंगला गाउँपालिका-५ को पोक-नेटा-अर्मन-किमचौर हुँदै बागलुङको ताराखोला

सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’

भोजपुर । भोजपुर बजार क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको

दश वर्षमा पनि बनेन मनाङमा पुल

मनाङ । हिमाली जिल्ला मनाङमा निर्माण सम्झौता भएको १० वर्ष

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा मुख्यमन्त्री

राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

म्याग्दी । पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका-३