३ भदौ २०८३, बुधबार | August 19, 2026

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित आठ जनाविरुद्ध मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

एक उपकरण खरिद गर्दा आवश्यकता र औचित्यता नभएको, प्राविधिक दृष्टिले रीतपूर्वक माग नभएको अवस्थामा खरिद ऐन विपरीत खरिद गरी भुक्तानीसमेत गरेको पाइएकाले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले तत्कालीन नायब महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन कामु उपनिर्देशक पवनकुमारलाल कर्ण, तत्कालीन प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत (नवौँ) डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय ध्रुबबहादुर देवकोटा र महेशप्रसाद काफ्लेले आवश्यकताको पहिचान तथा लागत अनुमान नगरी उपयोग नहुने सामान खरिद गरेको पाइएकाले निजहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

उनका अनुसार आयोगले आरोपीहरुविरुद्ध रू २२ लाख ७८ हजार तीन सय पाँच बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ४ : २१ बजे

तिनाउको हेडबक्स नजिक पहिरो, बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

सांसदको आचरणमाथि प्रश्न उठेपछि रास्वपा सभापति लामिछानेले बोलाए मन्त्रीसहित बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकार र आफ्नै

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत

मजपोक-नेटा-अर्मन-किमचौर-ताराखोला सडक : स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

म्याग्दी । यहाँको मंगला गाउँपालिका-५ को पोक-नेटा-अर्मन-किमचौर हुँदै बागलुङको ताराखोला

सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’

भोजपुर । भोजपुर बजार क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको