१२ बैशाख २०८३, शनिबार | April 25, 2026

खजुरामा सम्पन्न मेयर कप रनिङशिल्डको उपाधि ज्ञानोदय माबी खजुराको हातमा



खजुरा । राष्ट्रपति कप रनिङ शिल्ड अन्तर्गत खजुरा गाउँपालिका स्तरिय मेयर रनिङशिल्ड प्रतियोगिताको उपाधि ज्ञानोदय माबी खजुराले हात पारेको छ । सर्वाधिक ९ स्वर्ण, ८ रजत र ४ कास्य पदक जितेर ज्ञानोदय उच्च माबीले मेयर कप रनिङशिल्ड हात पारेको हो ।

त्यसैगरि ६ स्वर्ण, ९ रजत र ९ कास्य पदक सहित जनता नमुना माबि सन्तकुटी दोस्रो भएको छ भने ६ स्वर्ण, १ रजत र १ कास्य पदक सहित जनसेवा माबी पुरैना तेस्रो भएको छ ।

निमाबी तर्फ ३ स्वर्ण सहित योगीनी माबी गौघाट प्रथम, २ स्वर्ण, ३ रजत र १ कास्य सहित जनता माबी सन्तकुटी दोस्रो र २ स्वार्ण सहित जनता माबी बठवा तेस्रो भएको छ ।

प्राबी तर्फ २ स्वर्ण १ रजत, २ स्वर्ण १ कास्य र १ स्वर्ण, १ कास्य सहित क्रमसः जनता माबी बठवा, नेपाल राष्ट्रिय आधारभूत माबी धौलागिरी र जनसेवा माबी पुरैना प्रथम, दोस्रो र तेस्रो भएका छन् ।

खजुराको वडा नम्बर २ स्थित शुक्र भलिबल रंगशालामा ३ दिन चलेको प्रतियोगितामा खजुरा गाउँपालिका भित्र रहेका निजी तथा संस्थापक गरी ६९ विद्यालयका १ हजार ३ सय ४ जना विद्यार्थीहरुको सहभागिता रहेको छ ।

खजुरा गाउँपालिका खेलकुद विकास समिति बाँकेको आयोजना, जनता नमुना माध्यमिक विद्यालयको संचालन तथा व्यवस्थापनमा आज सम्पन्न प्रतियोगितामा माध्यमिक तह, प्राथमिक तह र आधारभुत तह गरी तिन तहमा ४६ इभेन्ट्समा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगिताको प्रथम हुने विद्यालयले ३३ हजार, दोस्रो हुनेले २० हजार र तेस्रोले १४ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । भलिबल, कबड्डी र एथ्लेटिक्स तर्फ उत्कृष्ट छात्र–छात्राले जनही ५ हजार १ सय रुपैयाँ पुरस्कार पाएका छन् ।

प्रतियोगिताको मावि तहमा भलिबल, कबड्डी, चेस र एथलेटिक्सका खेलहरु समावेश गरिएको थियो । एथलेटिक्सको ट्रयाक अन्तर्गत १०० सय मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर र ३००० मिटर, ४ गुणा १०० र ४ गुणा ४०० मिटर रिले दौड समावेश गरिएको थियो भने फिल्ड तर्फ हाइजम्प, लङजम्प, ट्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपट खेलमा विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।

वडा नम्बर २ का वडा अध्यक्ष धनराम ओलीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा बिजयी विद्यालय तथा बिद्यार्थीहरुलाई खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक तुफान, उपाध्यक्ष मन्जु मल्ल लगायतले पुरस्कार, मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए ।

 

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ४ : ५१ बजे

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका

सुकुमवासी बस्ती हटाउन बिहानैदेखि बाक्लो सुरक्षाकर्मी परिचालन

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका बागमती र मनोहरा नदीकिनार अतिक्रमण

आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना

काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका

निजामती विधेयकको मस्यौदा : दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव