२० मंसिर २०८२, शनिबार | December 6, 2025

चिकित्सा क्याम्पस डिन कार्यालयमा तालाबन्दी



काठमाडौं। काठमाडौंको महाराजगञ्जस्थित चिकित्सा क्याम्पस डिन कार्यालयमा स्वतन्त्र विद्यार्थी युनियनले १७ बुँदे माग राख्दै आज तालाबन्दी गरेको छ।

युनियनले लामो समयदेखि विभिन्न माग राखी डिन कार्यालय जाँदा समेत बेवास्ता गरिएको भन्दै स्ववियु डिन कार्यालयमा तालाबन्दी गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ।

आफ्ना मागहरुका विषयमा पटकपटक डिन कार्यालयलाई जानकारी गराउँदा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने संस्थाले समय अभाव भएको बहाना गर्दै सामान्य छलफल समेत नगरेको भन्दै तालाबन्दी गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।

मागहरुको सुनुवाइ नभएसम्म तालाबन्दी जारी रहने बताइएको छ। उनीहरुले क्याम्पसमा यूजी तथा पीजीका विद्यार्थीहरुका लागि उचित अनुपातका आधारमा ३०० बेड सहितको उचित होस्टेलको व्यवस्था हुनुपर्ने, पुस्तकालय २४सै घन्टा खुला हुनुपर्ने, इन्टर्नसिप चिकित्सकको तलब समयअनुसार बढ्नुपर्ने, फिल्ड भिजिटका क्रममा दैनिक भत्ता पाउनुपर्ने, पब्लिक हेल्थका विद्यार्थीहरुलाई छात्राबसको व्यवस्था हुनुपर्ने, त्रिभुवन विश्वविद्यालयको ऐन अनुसार विद्यार्थी कल्याण समिति निर्माणका लागि निर्देशन हुनुपर्ने लगायतका विभिन्न १७ बुँदे माग अघि सार्दै आन्दोलन गरेका हुन्।

 

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ४ : ५९ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले