४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

राष्ट्रियसभा निर्वाचनमा ९९ प्रतिशत मतदान



काठमाडौं । राष्ट्रियसभाको १९ सदस्यका लागि आज भएको निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार बिहान ९ देखि दिउँसो ३ बजेसम्ममा निर्वाचन सम्पन्न भएको हो । सातै प्रदेशमा मतगणना सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा प्रारम्भ भएकोे र आजै सबै निर्वाचनको परिणाम घोषणा गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सातै प्रदेशमा गरी प्रदेशसभाका सदस्यतर्फ पाँच सय ४९ मतदाता रहेकामा पाँच सय ४६ ले मतदान गरी ९९ दशमलव ४५ प्रतिशत तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ एक हजार चार सय ९७ मतदाता रहेकामा एक हजार चार सय ८६ ले मतदान गरी ९९ दशमलव २७ प्रतिशत मतदान भएको छ । यसरी सबै प्रदेशतर्फ कूल मतदाता २०४६ मा दुई हजार ३२ ले मतदान गरेकाले ९९ दशमलव ३२ प्रतिशत मतदान भएको छ ।

आयोगका अनुसार कोशी प्रदेशमा निर्वाचक मण्डलका सदस्यमध्ये प्रदेशसभाका सदस्यतर्फ ९३ मतदाता रहेकामा सबैले मतदान गरी शतप्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ दुई सय ७३ मतदाता रहेकामा दुई सय ७१ ले मतदान गरी ९९ दशमलव २७ प्रतिशत मतदान भएको छ । दुवै तहमा गरी कोशी प्रदेशतर्फ कूल मतदाता तीन सय ६६ मा तीन सय ६४ ले मतदान गरेकाले ९९ दशमलव ४५ प्रतिशत मतदान भएको छ ।

मधेस प्रदेशमा प्रदेशसभाका सदस्यतर्फ एक सय सातजना मतदाता रहेकामा एक सय ६ ले मतदान गरी ९९ दशमलव शून्य सात प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ दुई सय ६७ मतदाता रहेकामा सबैले मतदान गरी शतप्रतिशत मतदान भएको छ । यसरी मधेस प्रदेशतर्फ कूल मतदाता तीन सय ७४ मा तीन सय ७३ ले मतदान गरेकाले ९९ दशमलव ७३ प्रतिशत मतदान भएको छ ।

बागमती प्रदेशमा प्रदेशसभाका सदस्यतर्फ एक सय १० मतदाता रहेकामा एक सय आठले मतदान गरी ९८ दशमलव १८ प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ दुई सय ३७ मतदाता रहेकामा तीन सय ३४ ले मतदान गरी ९८ दशमलव ७३ प्रतिशत मतदान भएको छ । यसरी बागमती प्रदेशतर्फ कूल मतदाता तीन सय ४७ मा तीन सय ४२ ले मतदान गरेकाले ९८ दशमलव ५६ प्रतिशत मतदान भएको छ ।

गण्डकी प्रदेशमा प्रदेशसभाका सदस्यतर्फ ६० मतदाता रहेकोमा सबैले मतदान गरी शत प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १७० मतदाता रहेकोमा १६९ ले मतदान गरी ९९ दशमलव ४१ प्रतिशत मतदान भएको छ । यसरी गण्डकी प्रदेशतर्फ कूल मतदाता २३० मा २२९ ले मतदान गरेकोले ९९ दशमलव ५७ प्रतिशत मतदान भएको छ ।

लुम्बिनी प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ८७ जना मतदाता रहेकोमा सबैले मतदान गरी शत प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २१८ मतदाता रहेकोमा २१६ ले मतदान गरी ९९ दशमलव शुन्य आठ प्रतिशत मतदान भएको छ । यसरी लुम्बिनी प्रदेशतर्फ कूल मतदाता ३०५ मा ३०३ ले मतदान गरेकोले ९९ दशमलव ३४ प्रतिशत मतदान भएको छ ।

कर्णाली प्रदेशमा प्रदेशसभाका सदस्यतर्फ ४० मतदाता रहेकोमा सबैले मतदान गरी शत प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १५६ मतदाता रहेकोमा सबैले मतदान गरी शत प्रतिशत मतदान भएको छ । यसरी कर्णाली प्रदेशतर्फ कूल मतदाता १९६ मा सबैले मतदान गरेकोले शत प्रतिशत मतदान भएको छ ।

सुदुरपश्चिम प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ५२ मतदाता रहेकोमा सबैले मतदान गरी शत प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १७६ मतदाता रहेकोमा १७३ ले मतदान गरी ९८ दशमलव ३० प्रतिशत मतदान भएको छ । यसरी सुदुरपश्चिम प्रदेशतर्फ कूल मतदाता २२८ मा २२२ ले मतदान गरेकोले ९८ दशमलव ६८ प्रतिशत मतदान भएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र,निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गर्न गराउन राजनीतिक दल, उम्मेदवार, उम्मेदवारको प्रतिनिधि, मतदाता, कर्मचारी, सुरक्षाकर्मी, आमसञ्चार माध्यम एवं सम्पूर्ण सरोकारवालाई आयोगले धन्यवाद दिएको छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ५ : ४३ बजे

रुपन्देहीमा राष्ट्रिय जनमोर्चाको चुनावी अभियान सक्रिय

बुटवल । राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा चुनावी अभियानलाई तीव्रता दिएको छ

ज्योतिष नबनौं, हल्लाको पछि नलागौं

बुटवल । ‘चितवन-३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन, रेनु दाहाल

१३-औं ‘दीप गायन तारा’ को उपाधि साकार शाहीलाई

बुटवल । बुटवलस्थित दीप बोर्डिङ हाई स्कुलद्वारा आयोजित १३-औं संस्करणको

मोक्षधामको दर्शनपछि चुन्नप्रसाद पौडेलद्वारा घरदैलो अभियान सुरु

बुटवल । नेपाली काँग्रेसका रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट