५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

बुटवलले ल्यायो नयाँ नगर प्रतीक चिन्ह

नगर प्रतीक चिन्हका सर्जक बुटवलकै न्यौपानेले जिते २५ हजार



बुटवल । बुटवल उपमहानगरपालिकाले नगर प्रतीक चिन्ह प्रचलनमा ल्याएको छ। नगर कार्यपालिकाको बैठकले गठन गरेको सिफारिश समितिको सिफारिशमध्ये बुटवल ११ का सौरभ न्यौपानेले तयार गरेको प्रतीक चिन्ह प्रचलनमा ल्याएको हो।

नगरले प्रचलनमा ल्याएको प्रतीक चिन्हमा बुटवलको नेपाल-अंग्रेज युद्धताकाको झलकसहित जितगढी किल्ला, उजिरसिंह थापा, मणिमुकुन्दसेन, बुटवल शहर, तिनाउ नदीजस्ता संकेतहरु रहेका छन्।

नगर प्रवक्ता शिव रानाको संयोजकत्वमा रहेको सिफारिश समितिको बैठकले करीब १ सय भन्दा बढी प्रतीक चिन्हहरुमध्येबाट ३ वटा प्रतीक चिन्ह कार्यपालिका बैठकमा पठाएको थियो। तीन वटा प्रतीक चिन्हमध्ये न्यौपानेको प्रतीक चिन्हले बुटवलको कला संस्कृति र परिवेश झल्काउने भएकाले सो प्रतीक चिन्ह छनोट भएको प्रवक्ता रानाले बताए।

कार्यपालिकाको बैठकको निर्णयअनुसार गत भदौमा बुटवल उपमहानगरपालिकाले बुटवलको पहिचान झल्किने गरी लोगो निर्माण गरी पेश गर्न सार्वजनिक रुपमा आह्वान गरेको थियो।

लोगो निर्माण गर्दा उपमहानगरपालिकाको नाम र नेपालको झण्डा अनिवार्य, उपमहानगरपालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक एवम् विशिष्ट मौलिक पहिचान झल्किने हुनुपर्ने प्रावधान रहेको थियो।

छनोट भएको उत्कृष्ट प्रतिक चिन्ह (लोगो) लाई बुटवल उपमहानगरपालिकाले आफ्नो प्रतिक चिन्हका रुपमा प्रयोग गर्ने र प्रतीक चिन्ह बनाउने न्यौपानेलाई उपमहानगरपालिकाले २५ हजार रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने प्रवक्ता रानाले बताए।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ११ : १९ बजे

भरतुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन

उच्च अदालत नेपालगन्ज इजलासबाट १० महिनाको अवधिमा ९८.२७ प्रतिशत मुद्दा फर्छ्योट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले चालु आर्थिक वर्ष

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौँ ।  एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२०