५ चैत्र २०८२, बिहिबार | March 19, 2026

सरकारले २२ कम्पनीलाई राख्यो कालो सूचीमा



काठमाडौं । सरकारले एकसाथ २२ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । न्यूनतम १ वर्षदेखि अधिकतम् ३ वर्षसम्मका लागि कम्पनीहरुलाई कालो सूचीमा राखिएको हो ।

कालो सूचीमा पर्नेमध्ये अधिकांश निर्माण कम्पनीहरु छन् । उनीहरुले सडक निर्माण तथा विभिन्न सरकारी ठेक्काहरु अलपत्र पारेको पाइएपछि कालो सूचीमा राखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ ।

कालो सूचीमा पर्नेमा भरतपुर-७ चितवनको लहोनी एन्ड ब्रदर्स प्रालि, कोहलपुर-११ बाँकेको जेके विल्डर्स, सान्नी त्रिवणी-४ कालिकोटको सर्मिला निर्माण सेवा र कीर्तिपुर-४ काठमाडौंको ओम गौरीशंकर इन्फंरास्ट्रक्चर प्रालि छन् । यी कम्पनीलाई ३ वर्षका लागि कालो सूचीमा राखिएको छ । ललितपुर महानगरपालिका-१५ सातदोबाटोको देवी रमण कन्स्ट्रक्सन कम्पनी प्रालिलाई २ वर्ष ६ महिनाका लागि कालो सूचीमा राखिएको छ ।

बन्दपुर–४ तनहुँको खड्गदेवी कन्स्ट्रक्सन, इलामको गजुरमुखी निर्माण कम्पनी प्रालि, जनकपुर-७ धनुषाको नव निर्माण बिल्डर्स प्रालि र काठमाडौं महानगरपालिका-३२ को एसबीएम इन्जिनियरिङ एसोसियट्स २ वर्षका लागि कालो सूचीमा परेका छन् ।

बन्दिपुर-४ तनहुँको खड्गदेवी कन्स्ट्रक्सनलाई अर्को ठेक्का पनि अलपत्र पारेको भन्दै थप १ वर्ष ६ महिनाका लागि कालो सूचीमा राखिएको छ । यस्तै, हेटौँडा-६ मकवानपुरको शिवालय बिल्डर्स, काठमाडौं महानगरपालिका-३२ को न्यू नेहा इन्टरप्राइजेज, धनगढी-८ कैलालीको बेहडाबाबा निर्माण सेवा र नयाँ बानेश्वर काठमाडौंको पाँचखाल कन्स्ट्रक्सन प्रालिलाई पनि १ वर्ष ६ महिनाका लागि कालो सूचीमा राखिएको छ ।

बन्दिपुर-४ तनहुँको खड्गदेवी कन्स्ट्रक्सनलाई अर्को ठेक्का पनि अलपत्र पारेको भन्दै थप १ वर्षका लागि कालो सूचीमा राखिएको छ । यस्तै, वीरेन्द्रनगर सुर्खेतको न्यू भेरी इन्जिनियरिङ वर्कशप, भिमाद-१ तनहुँको आयुष एन्ड अनुष कन्स्ट्रक्सन एन्ड सप्लायर्स, गोरखा नगरपालिका-३ को अनुपमा निर्माण सेवा, पालुङ्टार-५ गोरखाको अन्नपूर्ण निर्माण सेवा, गोरखाकै लक्ष्मी कन्स्ट्रक्सन, वीरगन्ज-१६ पर्साको शारदा कन्स्ट्रक्सन कम्पनी र पुम्दिभुम्दि-४ कास्कीको त्रिवेणी निर्माण सेवालाई १ वर्षका लागि कालो सूचीमा राखिएको छ ।

कालो सूचीमा परेका कम्पनीहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने सार्वजनिक खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ७ : ५४ बजे

६४ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९

नैनीतालका नेपाली मजदुर भन्छन्, ‘नयाँ सरकारबाट स्वेदशमै रोजगारीको आशा राखेका छौँ’

नैनीताल (भारत) । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका ५२ वर्षीय भवानीप्रसाद रेग्मी

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, मुख्य सचेतकमा खुस्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले संसदीय दलको नेतामा

अन्योलको वातावरण चिरेर निर्वाचन सम्पन्न गरायौँः कावा प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ,

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन