१६ बैशाख २०८३, बुधबार | April 29, 2026

केपी ओली नेपालको सर्वाधिक प्रतिभाशाली नेता : विद्यादेवी भण्डारी



काठमाडौं  । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली नेपालको समकालीन राजनीतिको सबैभन्दा प्रभावशाली नेता भएको बताएकी छन् ।

मंगलबार काठमाडौंमा संसद्मा केपी शर्मा ओली पुस्तकको विमोचन गर्दै भण्डारीले ओलीले नेपाली राजनीतिमा शीर्षस्थान बनाउन सफल हुनुभएको बताइन्  ।

ओली समकालीन राजनीतिमा कुशल पहिचान बनाउन सफल भएको भण्डारीको भनाइ छ । ‘यस पुस्तकका नायक केपी शर्मा ओलीज्यू समकालीन राजनीतिक नेताहरूमा कुशल पहिचान बनाउनुभएको नेता हुनुहुन्छ, सर्वाधिक प्रतिभाशाली नेताका रूपमा उच्च स्थान प्राप्त गर्न सफल हुनुहुन्छ’, भण्डारीले भनिन् ।

ओली नेपाली कला, साहित्य, संस्कृति, धर्म, दर्शन र विज्ञान लगायतका विषयमा समेत गहन ज्ञान भएको नेता भएको भण्डारीले टिप्पणी गरिन्  । ओली सबैका लागि प्रेरणा र ज्ञानको स्रोत भएको उनले बताइन् ।

संसद्मा ओलीले गरेको भाषण राजनीतिक हिसाबले मात्र नभएर विधागत ज्ञानका दृष्टिकोणले पनि महत्त्वपूर्ण रहेका उनले बताइन्  । त्यसैले सो पुस्तक पठनीय र ग्रहणीय ग्रन्थ भएको उनको भनाइ छ ।

सो पुस्तक इतिहास अध्ययन गर्न चाहने भावी पुस्ताका लागि महत्त्वपूर्ण हुने भण्डारीले बताइन । उनले पुस्तक एतिहासिक दस्ताबेज बन्ने प्रष्ट पारिन् ।

प्रा डा ऋषिराम शर्मा, प्रा डा हेमनाथ पौडेलका सहयोगमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिमा रहेका व्यञ्जना विषयक विद्यावारिधिको शोधार्थी सानुमैया खड्का (सविता)ले उक्त कृति तयार पारेकी हुन् ।

एमाले अध्यक्ष ओली, महासचिव शङ्कर पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपतिहरु वैरागी काइला र गङ्गाप्रसाद उप्रेती, लेखक पुरुषोत्तम दाहाललगायतको सहभागितामा भएको कार्यक्रममा ओलीका जनता र देश केन्द्रित विचार र पहलको प्रशंसा गरिएको थियो ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ६ : १७ बजे

खजुराको पालिका गानमा ४ जना रचनाकारको नाम राखेपछि पालिका गान विवादमा

खजुरा । जननिर्वाचित पदाधिकारीको कार्यकाल सकिन १ वर्ष बाँकी रहँदा

रुपन्देहीमा माइक्रो बस र ईभी माइक्रो ठोक्कीए, २ जनाको मृत्यु

बुटवल। रुपन्देहीको देवदहमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको

४ बुँदे माग सहित भेरी अस्पतालका चिकित्सक काममा फर्कन थाले

नेपालगन्ज । चिकित्सकहरुलाई ज्यान मार्ने धम्की दिने तथा अस्पताल प्रमुखलाई

एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको धानखोला-लमही सडक स्तरोन्नति सुरु

दाङ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक

‘माननीय’ नलेख्न आफ्ना सांसदहरुलाई रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना सांसदहरूलाई लेटरहेड, भिजिटिङ