६ बैशाख २०८३, आइतबार | April 19, 2026

आईसीपी छिटो र गुणस्तरिय रुपमा अगाडी बढ्नेमा आफ्नो चासो रहने : विष्णु पौडेल



भैरहवा । पूर्व उपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले भैरहवामा निर्माणाधिन एकिकृत जाँच चौकी (आईसीपी) छिटो र गुणस्तरीय बनोस् भन्ने कुरामा आफूहरुको चासो रहेको बताएका छन् । बुधबार बिहान निर्माणाधीन आईसीपीको अवलोकन निरीक्षण गर्दै उनले यो निर्माण काम अलि छिटै सुरु हुने भए पनि भारततर्फ जग्गा अधिग्रहण हुन नसक्दा ढिलो भएको जिकिर गरे ।

उनले आईसीपी बनाउनका लागि धेरै पहिलादेखि नै कुरा चलिरहेको बताए । पौडेलले दुई देशको ब्यवसायीक कारोबारको लागि महत्वपूर्ण मानिएका आईसीपीको निर्माण कार्य सन्तोषजनक रुपमा रहेको बताए । “नेपाल तर्फ र भारत तर्फ जोडिएकै भए अझै बढी ब्यवहारिक हुन्थ्यो ।” उनले भने ।

जग्गा हस्तास्तरण भई काम सुरु भएको एक बर्ष भित्र आयोजनाको ३० प्रतिशत भौतिक प्रगति एवम २५ प्रतिशत आर्थिक प्रगति भएको आयोजनाले जानकारी दिएको छ ।

करिब १५ बर्ष अघि नै नेपाल तर्फ जग्गा अधिग्रहण गरिए पनि आईसीपी निर्माणको काम अगाडी बढ्न सकेको थिएन । भारत तर्फ जग्गाको कुरा नमिलेपछि आईसीपी निर्माणमा ढिलाई भईरहेको थियो । भैरहवा भन्सार कार्यालय भन्दा करिब डेढ किलोमिटर पश्चिम तर्फ भारतीय भूमि भारतले अधिग्रहण गरे पछि अहिले दुबै तर्फ आईसीपीको निर्माणले तिव्रता पाएको हो ।

अवलोकनका क्रममा पौडेलले आयोजना छिटो र गुणस्तरिय रुपमा अगाडी बढ्नेमा आफ्नो चासो रहने जिकिर गरे ।

पौडेलसँगै आईसीपी पुगेका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आयोजनाको काम सन्तोषजनक रुपमा अगाडी बढेका बताए । उनले आयोजनालाई निर्माण सामाग्रीको केही समस्या आएको गुनासो आएकोले स्थानिय पालिकाहरुसंगको सहकार्यमा त्यसलाई समाधान गरिएको अर्यालले जानकारी गराए ।

“आयोजना सुरु हुदा भएको सम्झौतामा रोयाल्टी छुट दिने कुरा भएको रहेछ, त्यो बिषयमा स्थानिय पालिकाहरुको आफ्नै जटिलताहरु रहेको छ ।” प्रजिअ अर्यालले भने ।

आयात–निर्यातलाई एकद्वार प्रणालीमा ल्याएर सबै सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले आईसीपी निर्माण हुन थालेको हो । वीरगन्ज, विराटनगर, भैरहवा र नेपालगन्जजस्ता चल्तीका नाकामा एकीकृत भन्सार जाँच चौकी निर्माण भइरहेका छन् । यी मध्ये बिरगञ्ज र बिराटनगरमा आईसीपी निर्माण भई सञ्चालनमा आईसकेको छन भने नेपालगन्जमा र भैरहवामा निर्माणाधिन अवस्थामा पुगेको हो ।

आईसीपीमा अत्याधुनिक स्क्यानर जडान हुने भएकाले भन्सारमा हुने भएको राजस्व छली र एउटै प्रज्ञापनद्वारा धेरै सामान आयात गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सकिने बिश्वास गरिएको छ ।

सबै आईसीपीहरु भारतले नै बनाएर नेपाललाई हस्तान्तरण गर्ने गरि समझौता भएको छ । भैरहवामा निर्माण गर्न भारतले भारतीय निर्माण कम्पनी केएसएम वसिर मोहम्मद एण्ड सन्स, लखनउ ले १ अर्ब ६१ करोड ७६ लाख भारतीय रुपैयामा निर्माणको काम पाएको हो । सम्झौता भएको २ बर्ष भित्र निर्माण काम सम्पन्न गरि नेपाली पक्षलाई बुझाउनु गरि सम्झौता भएको छ ।

३५ दशमलव ११ हेक्टरमा फैलिएको आईसीपीमा आयात तर्फ ६ सय ९२ र निर्यात तर्फ २ सय ७० वटा गरि १ हजार वटा ट्रक पार्किङ्ग गर्न मिल्ने स्थान हुनेछन् ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १ : १७ बजे

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता

ललितपुर । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक

एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षधर नेताहरूको भेलाले

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका