१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आईसीपी छिटो र गुणस्तरिय रुपमा अगाडी बढ्नेमा आफ्नो चासो रहने : विष्णु पौडेल



भैरहवा । पूर्व उपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले भैरहवामा निर्माणाधिन एकिकृत जाँच चौकी (आईसीपी) छिटो र गुणस्तरीय बनोस् भन्ने कुरामा आफूहरुको चासो रहेको बताएका छन् । बुधबार बिहान निर्माणाधीन आईसीपीको अवलोकन निरीक्षण गर्दै उनले यो निर्माण काम अलि छिटै सुरु हुने भए पनि भारततर्फ जग्गा अधिग्रहण हुन नसक्दा ढिलो भएको जिकिर गरे ।

उनले आईसीपी बनाउनका लागि धेरै पहिलादेखि नै कुरा चलिरहेको बताए । पौडेलले दुई देशको ब्यवसायीक कारोबारको लागि महत्वपूर्ण मानिएका आईसीपीको निर्माण कार्य सन्तोषजनक रुपमा रहेको बताए । “नेपाल तर्फ र भारत तर्फ जोडिएकै भए अझै बढी ब्यवहारिक हुन्थ्यो ।” उनले भने ।

जग्गा हस्तास्तरण भई काम सुरु भएको एक बर्ष भित्र आयोजनाको ३० प्रतिशत भौतिक प्रगति एवम २५ प्रतिशत आर्थिक प्रगति भएको आयोजनाले जानकारी दिएको छ ।

करिब १५ बर्ष अघि नै नेपाल तर्फ जग्गा अधिग्रहण गरिए पनि आईसीपी निर्माणको काम अगाडी बढ्न सकेको थिएन । भारत तर्फ जग्गाको कुरा नमिलेपछि आईसीपी निर्माणमा ढिलाई भईरहेको थियो । भैरहवा भन्सार कार्यालय भन्दा करिब डेढ किलोमिटर पश्चिम तर्फ भारतीय भूमि भारतले अधिग्रहण गरे पछि अहिले दुबै तर्फ आईसीपीको निर्माणले तिव्रता पाएको हो ।

अवलोकनका क्रममा पौडेलले आयोजना छिटो र गुणस्तरिय रुपमा अगाडी बढ्नेमा आफ्नो चासो रहने जिकिर गरे ।

पौडेलसँगै आईसीपी पुगेका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आयोजनाको काम सन्तोषजनक रुपमा अगाडी बढेका बताए । उनले आयोजनालाई निर्माण सामाग्रीको केही समस्या आएको गुनासो आएकोले स्थानिय पालिकाहरुसंगको सहकार्यमा त्यसलाई समाधान गरिएको अर्यालले जानकारी गराए ।

“आयोजना सुरु हुदा भएको सम्झौतामा रोयाल्टी छुट दिने कुरा भएको रहेछ, त्यो बिषयमा स्थानिय पालिकाहरुको आफ्नै जटिलताहरु रहेको छ ।” प्रजिअ अर्यालले भने ।

आयात–निर्यातलाई एकद्वार प्रणालीमा ल्याएर सबै सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले आईसीपी निर्माण हुन थालेको हो । वीरगन्ज, विराटनगर, भैरहवा र नेपालगन्जजस्ता चल्तीका नाकामा एकीकृत भन्सार जाँच चौकी निर्माण भइरहेका छन् । यी मध्ये बिरगञ्ज र बिराटनगरमा आईसीपी निर्माण भई सञ्चालनमा आईसकेको छन भने नेपालगन्जमा र भैरहवामा निर्माणाधिन अवस्थामा पुगेको हो ।

आईसीपीमा अत्याधुनिक स्क्यानर जडान हुने भएकाले भन्सारमा हुने भएको राजस्व छली र एउटै प्रज्ञापनद्वारा धेरै सामान आयात गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सकिने बिश्वास गरिएको छ ।

सबै आईसीपीहरु भारतले नै बनाएर नेपाललाई हस्तान्तरण गर्ने गरि समझौता भएको छ । भैरहवामा निर्माण गर्न भारतले भारतीय निर्माण कम्पनी केएसएम वसिर मोहम्मद एण्ड सन्स, लखनउ ले १ अर्ब ६१ करोड ७६ लाख भारतीय रुपैयामा निर्माणको काम पाएको हो । सम्झौता भएको २ बर्ष भित्र निर्माण काम सम्पन्न गरि नेपाली पक्षलाई बुझाउनु गरि सम्झौता भएको छ ।

३५ दशमलव ११ हेक्टरमा फैलिएको आईसीपीमा आयात तर्फ ६ सय ९२ र निर्यात तर्फ २ सय ७० वटा गरि १ हजार वटा ट्रक पार्किङ्ग गर्न मिल्ने स्थान हुनेछन् ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १ : १७ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्