२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

नवौं डाँफे कप नक आउट फुटबल प्रतियोगितामा : रेसिङ्ग साहरा कोहलपुर र न्यु डाँफे‘बि’ विजयी



खजुरा । बाँकेमा जारी नवौं डाँफे कप नक आउट फुटबल प्रतियोगिताको आज सम्पन्न दुई खेलमा रेसिङ्ग साहरा क्लब कोहलपुर र न्यु डाँफे स्पोर्टस क्लब ‘बि’ विजयी भएका छन् । आज विजयी भएका दुबै टिम दोस्रो चरणमा प्रवेश गरेका छन् ।

बाँकेको खजुरा डि गाउँ स्थित मिनि रंगशालामा विहिबार चौथो दिन सम्पन्न पहिलो खेलमा रेसिङ्ग साहरा क्लब कोहलपुरले एफसि गौघाटलाई ४–१ गोल तथा दोस्रो खेलमा न्यु डाँफे ‘बि’ ले सगरमाथा युथ क्लब बैजनाथलाई ट्राईबेकरमा पराजित गरेको छ ।

पहिलो खेलमा रेसिङ्ग साहराको जितमा महेश विकले खेलको १३ औ र ३० औ मिनेटमा गोल गरेका थिए भने महेश शाहीले ४० औ र कुष्ण पुरीले ४५ औं मिनेटमा चौथो गोल गरे । एफसी गौघाटका सरोज केसीले ३८ औ मिनेटमा सान्त्वना गोल गरे । खेलको रेसिङ्ग साहरा क्लब कोहलपुरका सुनिल थापा मगर म्यान अफ द म्याचबाट पुरस्कृत भएका छन् ।

विहिबार नै भएको दोस्रो खेलमा न्यु डाँफे स्पोर्टस क्लब ‘बि’ र सगरमाथा युथ क्लब बैजनाथको निर्धारित समयसम्म १÷१ गोल को बराबरी भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा न्यु डाँफे ४–२ गोल अन्तरले विजयी भयो । सो खेलमा न्यु डाँफेका गोलकिपर दिपेन्द्र बोहरा म्यान अफ द म्याचबाट पुरस्कृत भए । म्यान अफ द म्याच घोषित खेलाडीलाई नेपालगन्जमा रहेको थोपा प्रयोगशालाको तर्फबाट नगद ११ सय र मेडलबाट पुरस्कृत गरिएको प्रचार संयोजक खगेन्द्र दाहालले बताए ।

प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैया र उपविजेता टिमले ८५ हजार ५ सय ५५ रुपैयासहित, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक तिलकबिर सुनारले बताए । प्रतियोगितामा १२ टिमले भाग लिएका छन । प्रतियोगिताको प्रथम पुरस्कार खजुरा डी गाउँ घर भई हाल अमेरिकामा रहेका लिल बहादुर थापाले सौजन्य गरेका छन ।

प्रतियोगितामा १४ टिमले भाग लिएका छन । शुक्रबार देखि क्वाटर फाइनलका खेल शुरु हुनेछ । शुक्रबार पहिलो खेल बाग्मति स्पोर्टस क्लब बि गाउँ र एफ सी ब्रोदर्श खजुरा बीच हुनेछ । त्यस्तै दोस्रो खेल धम्बोझी क्लब नेपालगन्ज र न्यु दर्पण स्पोर्टस क्लब खजुरा ४ ई गाउँबीच हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ८ : २६ बजे

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ एक करोड दुई लाख ५३ मतगणना, रास्वपा अग्रस्थानमा

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई

आजको मौसम : दिनभर साधारणतया बादल लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय

गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी

राजविराज । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको डेन्टल (दन्तरोगसम्बन्धी) शाखाअन्तर्गत बहिरङ्ग (ओपिडी)

सिरहामा ग्यास अभावको बहानामा कालोबजारी

सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही