११ श्रावण २०८३, सोमबार | July 27, 2026

राष्ट्रियसभा निर्वाचनमा कोशीको परिणाम अनपेक्षित : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचन, २०८० मा कोशी प्रदेशको परिणाम अनपेक्षित रहेको ठहर गरेको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले गठबन्धनको साझा उम्मेदवारमध्ये एकजना पराजित भएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको हो ।

साथै बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनले वर्तमान सत्ता गठबन्धनलाई थप सवल बनाएको समेत ठहर गरेको छ । यही माघ ११ गते सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका तर्फबाट प्रस्तुत १९ जना साझा उम्मेदवारमध्ये १८ जना विजयी भएका थिए । निर्वाचनमा कांग्रेसका १० जना उम्मेदवार विजयी भएका थिए ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले कांग्रेसका सम्पूर्ण सांसदहरूलाई संसद् र समितिका सम्पूर्ण गतिविधिमा अत्यन्त जिम्मेवारीपूर्वक क्रियाशील रहन, राष्ट्र र जनताका हितमा तत्परतापूर्वक काम गर्न निर्देशन गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकमा संविधानको व्यवस्थाबमोजिम धेरै कानुन निर्माण गर्न बाँकी रहेको सम्बन्धमा छलफल भएको जानकारी दिए । बैठकले संविधानको कार्यान्वयनका लागि आवश्यक विधेयक तत्काल संसद्मा प्रस्तुत गर्न साथै संसद्मा विचाराधीन विधेयकहरू आउँदो अधिवेशनमा पारित गर्नका लागि आवश्यक भूमिका निर्वाह गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको उनले बताए ।

बैठकले चालु आर्थिक वर्षको बजेटमा उल्लेखित विकास आयोजनाहरू तत्काल कार्यान्वयन गर्न र बजेट कम भएका कारण सम्पन्न हुन नसक्ने योजनामा बजेटको थप व्यवस्था गरी योजना सम्पन्न गर्न सरकारलाई आग्रह गरेको छ ।

कांग्रेसले संसद्को आगामी अधिवेशनमा संसद्मा विचाराधीन र अब प्रस्तुत हुने विधेयक पारित गर्न संसदीय गतिविधिहरूलाई व्यवस्थित र प्रभावकारी बनाउन संसद्भित्र रहेका सबै राजनीतिक दललाई अपिल गर्ने निर्णय गरेको प्रमुख सचेतक लेखकले बताए ।

यसैगरी संसद् र समितिका बैठकहरूमा सम्बन्धित मन्त्रीहरूको उपस्थिति अनिवार्य हुनुपर्ने र बैठकमा उठेका विषयलाई सरकारले गम्भीरतापूर्वक लिई संसद्प्रति सरकार उत्तरदायी हुनुपर्ने भएको हुँदा मन्त्रीहरूको उपस्थिति सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको छ ।

सङ्घीय संसद्को अधिवेशन चालु रहेको समयमा कांग्रेस संसदीय दलका सदस्यलाई राजधानी बाहिर नजान आग्रह गरेको छ । यस्तै अत्यावश्यक कामले राजधानी बाहिर जानुपरेमा कारणसहित उल्लेख गरी संसदीय दलको प्रमुख सचेतक वा सचेतकसँग लिखित स्वीकृत लिनुपर्ने बैठकको निर्देशन छ ।

बैठकले संसदीय दलको विधानको धारा १७ (३) बमोजिम काम गर्न १० विभिन्न समितिका संयोजक चयन गरेको छ ।

साथै बैठकले कांग्रेस संसदीय दलको कार्यसमितिको निर्वाचन गर्न निर्वाचन समिति गठन गर्नका लागि पार्टी केन्द्रीय कार्यसमितिलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ८ : ४४ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न