२९ मंसिर २०८२, सोमबार | December 15, 2025

प्रहरी जवान आफैले श्रीमती र नाबालक छोराको हत्या गरेको भन्दै प्रहरीसमक्ष गरे आत्मसमर्पण



दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक जना प्रहरी जवानले आफ्नो श्रीमती र छोराको हत्या गरि प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । प्रहरी जवान पिमलाल नेपालीले श्रीमती र नाबालक छोराको हत्या गरेर प्रहरीमा आफै आत्मसमर्पण गर्न आएको दाङ प्रहरीले जनाएको छ ।

प्रहरी जवान नेपालीले श्रीमती टिका विक र साढे दुई वर्षीय छोरा शुशान्तको हत्या गरे सूचना आएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका पवक्ता बरिष्ठ प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए ।

प्रहरीका अनुसार पिमलालले घोराहीको एक होटेलमा श्रीमती र छोराको हत्या गरेका हुन् । रोल्पा रुन्टिगढी घर भएका पिमलाल घरबाट शनिवार दाङ आएका श्रीमती टिका र छोरा शुशान्तसँग गएराति घोराहीको एक होटेलमा बास बसेका थिए ।

आज बिहानै पिमलालले श्रीमती टिका र छोराको हत्या गरेर आफै जिल्ला प्रहरी कार्यालयमा पुगेर हत्या गरेको भन्दै आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टकमालागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

पीमलालले श्रीमती टिका र छोराको घाँटी सलले कसेर हत्या गरेको बयान दिएका छन् । हत्याको कारण भने खुलेको छैन् । प्रहरी जवान पिमलाल प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १२ : ३३ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले