३ पुस २०८२, बिहिबार | December 18, 2025

गोवाले हिमाल हेर्न पर्यटक नेपाल पठाउने, नेपालले समुन्द्र हेर्न गोवा पठाउने सहमतिको प्रस्ताव



काठमाडौं । भारतको सात दिने भ्रमणमा रहेका नेपाली सांसदले गोवा सरकारसँग ‘समुन्द्र देखी हिमालसम्म’को पर्यटन साझेदारीको प्रस्ताव गरेको छ ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा हाल भारत भ्रमणमा रहेको सांसदको टोलीले सो प्रस्ताव गरेको हो ।

भारत भ्रमणको क्रममा गोवाका पर्यटनमन्त्री रोहन खाउन्टेसँगको भेटघाटका क्रममा सो प्रस्ताव राखिएको समितिका सभापति राजकिशोर यादवले जानकारी दिए । ‘पर्यटन विकासका लागि  समुन्द्र देखी हिमालसम्मको पर्यटन साझेदारी हुनुपर्छ अनि मात्र दुवै देशको पर्यटन क्षेत्रमा विकास हुनेछ भनेर हामीले प्रस्ताव राखेको छौं,’ सभापति यादवले भने । उनका अनुसार नेपाली सांसदको टोलीले राखेको सो प्रस्तावमा गोवा सरकार सकारात्मक रहेको र यसका लागि चाँडै नै प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।

सो भेटघाटमा विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतको हिमाल हेर्न आउने पर्यटकलाई नेपालले समुन्द्र हेर्न गोवा पठाउने र समुन्द्र हेर्न आउने पर्यटकलाई भारतले हिमाल हेर्नका लागि नेपाल पठाउने समझदारी बनेको हो । यसका लागि परराष्ट्र मन्त्रालयमार्फत चाँडै प्रक्रिया सुरु गर्न पनि दुवै पक्ष सहमत भएको सभापति यादवले जानकारी दिए ।

हिमालदेखि समुन्द्रसम्मको पर्यटकीय सम्बन्ध स्थापित गर्नका लागि पोखरा र गोवाबिच भगिनी सम्बन्ध स्थापित गर्नुपर्ने नेपाली सांसदको प्रस्तावमा पनि मन्त्री रोशन खाउन्टे सहमत भएको छन ।  ‘यो धेरै नै राम्रो कन्सेप्ट हो, यसका लागि म तयार छु, तपाईंहरुको तर्फबाट गर्नुपर्ने कार्य अगाडि बढाउनुस्, हामीले हाम्रो तर्फबाट हुने कार्यलाई पनि अगाडि बढाउँछौँ,’ मन्त्री खाउन्टेले नेपालको प्रस्ताव पछि प्रतिबद्दता जनाउँदै भने ।

भारतको दक्षिणी राज्य गोवामा १५ लाख मात्र जनसङ्ख्या छ तर त्यहाँ वार्षिक ५० लाख पर्यटक पुग्ने गरी मन्त्री खाउन्टेले जानकारी गराएका छन् । जस अनुसार त्यहाँ आउने र गोवाका बासिन्दालाई हिमाल देखाउनका लागि नेपालतिर पठाउने बारेमा पनि मन्त्री र नेपाली सांसदको प्रतिनिधिमण्डलसँग अनौपचारिक सहमति भएको नेपाली सांसदहरुले जनाएका छन् ।

‘हिमाल हेर्न आउने पर्यटकलाई समुन्द्र हेर्न मन छ भने उनीहरूलाई गोवा पठाइ दिनुपर्छ, त्यसका लागि पोखरा र गोवाबिच भगिनी सम्बन्ध स्थापित हुनुपर्नेमा दुवै पक्ष सहमत भएका छौं र अब यसलाई औपचारिकता दिनका लागि समितिबाट प्रक्रिया अगाडि बढाइनेछौं,’ सभापति यादवले भने ।

सो अघि भएको भेटमा भारतीय विदेश मन्त्री एस. जयशंकरले पनि दुई देश बिच आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक र पर्यटन सम्बन्धलाई कसरी माथि उठाउन सकिन्छ ? भन्ने विषयमा नेपाली सांसदहरुको टोलीले कुराकानी गरेको थियो ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ८ : १४ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन