८ बैशाख २०८३, मंगलबार | April 21, 2026

संयुक्त राष्ट्रङ्घका महासचिव गुटेरेसद्वारा स्वतन्त्र प्यानल गठन गर्ने घोषणा



न्यूयोर्क । संयुक्त राष्टसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्टसङ्घीय राहत तथा कार्य एजेन्सी ९युएनआरडब्लुए० को मूल्याङ्कन गर्न स्वतन्त्र प्यानल गठन गर्ने घोषणा गरेका छन ।

गत अक्टोबर ७ गते इजरायलमा भएको हमासको आक्रमणमा उक्त एजेन्सीका बाह्र जना कर्मचारीहरू संलग्न रहेको इजरायली दाबीका कारण मानवीय सङ्गठनले आलोचनाको सामना गर्नुपरेको छ ।

एजेन्सीको कोष अमेरिका, जर्मनी, बेलायत, स्विडेन लगायत एक दर्जनभन्दा बढी राष्ट्रहरूले निलम्बन गरेका छन् । फ्रान्सका पूर्वविदेश मन्त्री क्याथरिन कोलोनाले स्वतन्त्र प्यानलको अध्यक्षता गर्ने र तीन युरोपेली अनुसन्धान संस्थाहरूसँग सहकार्य गर्ने संयुक्त राष्टसङ्घले विज्ञप्ति मार्फत घोषणा गरेको अल जजिराले जनाएको छ ।

एजेन्सीले तटस्थता सुनिश्चित गरी आरोपहरूको जवाफ दिन आवाश्यक कार्य गरिरहेको छ कि छैन भन्ने मूल्याङ्कन गर्नु अनुसन्धानको घोषित उद्देश्य रहने बताइएको छ ।

अल जजिराका अनुसार प्यानलको प्रतिवेदनमा एजेन्सीको प्रणालीको सम्भावित सुधार र सुदृढीकरणका लागि अन्तरिम प्रतिवेदनका लागि मार्चको अन्त्यमा र अन्तिम प्रतिवेदनका लागि अप्रिलको अन्त्यमा सिफारिसहरू समावेश गरिने गुटेरेसले बताए ।

यो मूल्याङ्कन संयुक्त राष्ट्रसंघको आन्तरिक अनुसन्धानसँग सम्बन्धित छैन । जुन गत महिना १२ जना युएनआरडब्लुए कर्मचारीहरू विरुद्धको प्रारम्भिक आरोपपछि शुरु गरिएको थियो । अक्टोबर ७ पहिलो आक्रमणपछि शुरु भएको इजरायल र हमासबिचको युद्ध करिब १,२०० इजरायली मारिए र करिब दुई सय ५० जना बन्धक बनाइए ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  २ : ३० बजे

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि… …

अछाम । कुरा यही वैशाख ३ गतेको हो । यहाँको

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ

चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ