६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

नवौं डाँफे कप फुटवलको उपाधि न्यु दर्पण युवा स्पोर्टस् क्लवलाई



खजुरा । गत १५ गतेबाट बाँकेको खजुरामा जारी नवौं डांफे कप नकआउट फुटबल प्रतियोगिताको उपाधि खजुरा ४ को न्यु दर्पण युवा स्पार्टस् क्लवले चुमेको छ । खजुरा ४ डी गाउँ स्थित मिनी रङ्गशालामा दर्शकको भरिभराउ उपपिस्थतीका बीच भएको आजको रोमाञ्चक खेलमा ट्राइवेकरको आधारमा न्यु दर्पणले उपाधि चुमेको हो ।

खेलसुरु भएको मध्यान्तर सम्म गोल गर्न नसकेका न्यु दर्पण र बाग्मती स्पोर्टस क्लवको खेलमा दोस्रो हाफको २६ औ मिनेटमा न्यु दर्पणका जर्सी नम्बर १० का खेलाडी धनसिंह बिकले पहिलो गोल गर्दै खाता खोलेका थिए । बिकले खोलेको खाता सहितको अग्रता भने धेरै बेर कायम हुन सकेन । दोस्रो हाफका ३५ औ मिनेटमा बाग्मती स्पोर्टस् क्लवका जर्सी नँबर ११ का श्याम ब्यादीले गोल फर्काउँदै खेललाई बराबरीमा रोकेका थिए ।

त्यसपछिका खेलमा दुबै क्लवका पटक पटकको गोल गर्ने प्रयास असफल भएपछि प्रतियोगिता ट्राइवेकरमा पुगेको थियो । ट्राइवेकरमा न्यु दर्पणले ७ गोल प्रहार गर्दा बाग्मती स्पार्टस् क्लव भने ६ गोलमा चित्त बुझाउन बाध्य बनेको थियो ।

प्रतियोगिताको उपाधि चुमेको न्यु दर्पणले १ लाख ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ । खेलको उपविजेता न्यु बाग्मतीले ८५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ । विजयता टिमलाई खजुरा गाउँपालिकाकी उप प्रमुख मन्जु मल्ल चन्दले नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिन् ।

प्रथम पुरस्कार राशि हाल अमेरिकामा रहेका खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी लिल बहादुर थापाले सौजन्य गरेका हुन् भने दोस्रो पुरस्कार प्रतिक निर्माण सेवाले सौजन्य गरेको खेल संयोजक तिलकबीर सुनारले जानकारी दिए ।

प्रतियोगिताको समापन समारोहमा खजुरा क्षेत्रबाट राष्ट्रिय खेलकुदमा पदक जित्न सफल ८ जना राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिएको थियो भने प्रथम पुरस्कार प्रायोजक लिलबहादुर थापालाई विशेष सम्मान प्रदान गरिएको थियो ।

 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ७ : ४१ बजे

‘लण्डन टु पेरिस’को नयाँ गीत सार्वजनिक

काठमाडौं । आगामी जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

बागमती । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको

कार्यादेश बनाउने कार्यदलको बैठक जारी

काठमाडौं ।  सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर)

सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभाको बैठक अघि प्रमुख

आयुर्वेद तेलका नाममा श्रीकेश तेलको ठगी धन्दा, उपभोक्ता झुक्याउँदै !

काठमाडौं । काठमाडौंको मध्य बानेश्वरमा कार्यालय खडा गरि झरेको कपाल