२० माघ २०८२, मंगलबार | February 3, 2026

जिबी राईका पार्टनर पूर्वडिआइजी छविलाल जोशीको घरमा प्रहरीको छापा



काठमाडौं । नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ ।

सूर्यदर्शन सहकारीसँग सम्बन्धित सर्भर उनको घरमा समेत रहेको आशंकामा प्रहरीले जोशीको घरमा छापा मारेको हो ।

जोशी सूर्यदर्शन सहकारीका मुख्य सञ्चालक जिबी राईका व्यापारिक साझेदार हुन् । जोशीको घरमा नेचर हर्ब इन्टरनेशनल प्रालि (नेटवर्किङजस्तै व्यवसाय)को कार्यालय थियो ।

‘जोशीको घरमा रहेको सर्भर उठाइएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले भने ।

जिल्ला प्रहरी कार्यालय कास्कीले जोशीको घरसमेत रहेको नेचर हर्बको कार्यालयबाट सर्भरलगायत उठाइदिनका लागि परिसरसँग सहयोग मागेको थियो ।

यसअघि सूर्यदर्शन सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १८ जना व्यक्ति र कम्पनीविरूद्ध कास्की प्रहरीमा ठगी मुद्दाको जाहेरी परेको थियो ।

जोशी प्रहरी सेवाबाट अवकाश भएपछि राईका पार्टनर बनेका थिए । गैरकानुनी नेटवर्किङ कारोबार गरेको आशंकामा नेचर हर्बमा वाणिज्य विभागले समेत यसअघि छापा मारेर कागजात खोजेको थियो ।

पोखराको सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम ठगी प्रकरणमा संस्थापक अध्यक्ष जिबी राई, अध्यक्ष थानबहादुर बुढा मगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ ।

सूर्यदर्शन सहकारीका सञ्चालक राईसहित १९ जनाविरूद्ध १ हजार ३५ जना बचतकर्ताहरूले ठगीमा जाहेरी दिएका थिए ।

राईसहितका व्यक्तिसँग १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५.१७ रुपैयाँ बिगो माग गरी जिल्ला अदालतमा ठगी मुद्दा दायर भइसकेको थियो ।

सरकारी वकिल कार्यालयले राईसहित १९ जना प्रतिवादीसँग बिगोसँगै ८ देखि १० वर्षसम्म जेल सजायको माग दाबी लिएको थियो । उक्त मुद्दामा कोषाध्यक्ष कुमार रम्तेल, एक उपाध्यक्ष र दुई सदस्यलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ९ : २५ बजे

श्रमिक ठगी गर्न बनेका कार्यविधि खारेज गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-३ मा ४१ उम्मेदवार चुनावी मैदानमा

जलेश्वर  । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नं

सम्बन्ध सहकारीद्वारा स्थापना दिवसमा साधना विद्यालयलाई शैक्षिक सामग्री प्रदान

बुटवल । बुटवल-११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो

शान्ति-सुरक्षा कायम गर्न अपराधविरुद्ध कडाइका साथ उत्रिन्छौं : डीएसपी श्रीवास्तव

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा हालै सरुवा भई आएका

भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु

रोम । सन् २०२६ को जनवरीमा मात्र मध्य भूमध्यसागरीय क्षेत्रमा