२ जेष्ठ २०८१, बुधबार | May 16, 2024

अक्सफोर्ड माविमा खेल सप्ताह सुरू



बुटवल । ‘स्वास्थ्यको लागि खेलकुद’ भन्ने नारासहित अक्सफोर्ड मा.वि बुटवलमा आजबाट खेल महोत्सव सञ्चालन भएको छ । सिद्देश्वरी खेल मैदानमा भएको खेलको उद्‌घाटन प्राध्यापक सुमन भुसालले गरे ।

उद्‌घाटन गर्दै प्राध्यापक भुसालले अक्सफोर्ड मा.वि विद्यार्थीहरुको चौतर्फी विकासको लागि लागिरहेको र यस्ता खेलकुदले खेलाडीहरूको क्षमता पहिचान गरि राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

क्रिकेट क्षेत्रका नक्षत्र कुशल भुर्तेल र देव खनाल एवम् फुटवलमा सरोज दर्लामी र प्रितम कार्की पनि आफ्नै उत्पादन भएकोले अक्सफोर्डले खेलाडि समेत उत्पादन गरेको स्मरण गर्दै प्राध्यापक भुसालले नेपाली खेलाडिको समेत प्रशंसा गरे ।

खेल सप्ताहको पहिलो दिन विभिन्न विद्यामा प्रतिस्पर्धा भएको छ ।

छात्र सटपुटतर्फ सरिन धर्ती, रिजन राना, सौगात थापा, छात्रातर्फ किवी राना, आस्था रिजाल, रुस्मा अर्याल प्रथम द्वितीय र तृतीय भएका छन् । १०० मिटर दौड छात्रतर्फ सरोज न्यौपाने, विवस रसाली र युरन राना त्यस्तै ४०० मिटर दौडमा युरन राना, सरोज न्यौपाने,विवश रसाली प्रथम, द्वितीय र तृतीय भएका छन् ।

एकल प्रतिष्पर्धात्मक खेलमा प्रथम हुनेलाई १ महिनाको मासिक शुल्क छुटु गरिदिने समेत संस्थाका प्राचार्य दिनेश भुसालले बताए । खेलकुद महोत्सवलाई सफल पार्न विभिन्न विद्यामा संयोजकहरू तोकिएको छ ।

जसमा सटपुट संयोजकमा इश्वरी प्रसाद खनाल, १०० र ४०० मिटर दौड संयोजकमा सुमित शर्मा, भलिबल संयोजकमा बिष्णु खनाल, हाई जम्प र लङ्ग जम्प मा गोपाल खरेल, व्याडमिन्टनमा गोकर्ण खरेल, टेबल टेनिसमा कमल न्यौपाने, संयोजक रहेका छन् । त्यस बाहेक भलिबल र क्रिकेटका क्वाटर फाइनल खेलहरु सञ्चालन हुदै गरेको खेल व्यवस्थापक राजकुमार पाण्डेले बताए ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ४ : ०२ बजे

पाल्पा बलेरो दुर्घटना अपडेट : १ जनाको मृत्यु, १४ जना घाइते (नामावलीसहित)

तानसेन । पाल्पामा बलेरो जिप दुर्घटना हुँदा एकजना ६ वर्षिय

क्रिमशन अस्पताल १३ औ वर्षमा, बिबिध कार्यक्रम गरि वार्षिकोत्सव मनाइँदै

बुटवल । रुपन्देहीमा स्वास्थ्य सेवा दिँदै आएको क्रिमशन अस्पतालले आफ्नो

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी

काठमाडौं । एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली

पेट्रोलमा ७ रुपैयाँ मूल्य घट्यो, डिजेल र मट्टितेलमा ५ रुपैयाँ कटौती

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन