२१ माघ २०८२, बुधबार | February 4, 2026

नेपालगन्जको बागेश्वरी मन्दिरबाट छुट्यो ‘टुर दि ठाकुरद्वारा’का लागि साइकल यात्रा



नेपालगन्ज । बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न भन्दै गरिएको नेपालगन्ज साइकल फेस्टिवल अन्तर्गत ‘टुर दि ठाकुरद्वारा’ को लागि आज नेपालगन्जदेखि बर्दियाको ठाकुरद्वारासम्मको लागि साइकल यात्रा सुरु गरिएको छ । नेपालगन्ज साइक्लिङ क्लवको आयोजनामा नेपालगन्जको बागेश्वरी मन्दिरबाट आज विहान आठ बजे साइकल यात्रा शुरु भएको हो ।

विश्व साइकलयात्री पुष्कर शाह, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीलगायतको उपस्थितिमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले ‘टुर दि ठाकुरद्वारा’को उद्घाटन गरे ।

विगत ६ वर्षदेखि संचालन हुँदै आएको ‘टुर दि ठाकुरद्वारा’ साइकलयात्राले नेपालगन्जदेखि ठाकुरद्वारासम्मको एक सय तीन किलोमिटरको दुरी पार गर्ने छ । यात्रा परिधी भित्र पर्ने धार्मिक तथा पर्यटकीयस्थलमा पुगेर साइकलयात्रीले त्यसको प्रचार प्रसार गर्ने गर्दछन् ।

साइकलयात्रामा भारतका १५ जनासहित धरानदेखि महेन्द्रनगरसम्मका २ सय २५ जनाको सहभागीता रहेको क्लवका निवर्तमान अध्यक्ष तथा ‘टुर दि ठाकुरद्वारा’का कार्यक्रम संयोजक सतिश निरौलाले जानकारी दिए ।

क्लवका अध्यक्ष प्रदीप सापकोटाले बाँके र बर्दियाका धार्मिक र पर्यटकीय स्थलको प्रचार प्रसार गर्न थालिएको ‘टुर दि ठाकुरद्वारा’ सम्पन्न गर्न २७ लाख खर्च हुने अनुमान गरिएको बताए ।

साइकलयात्रा भोली सकिने छ । यात्रामा चिकित्सक, उद्योगी व्यापारी, राजनीतिज्ञको पनि सहभागिता रहेको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  १ : २३ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता