५ भदौ २०८३, शुक्रबार | August 21, 2026

फैसला कार्यान्वयनमा प्रहरी : एक अर्ब १९ करोड बढी जरिवाना असुल, ५ हजार ३ सय बढी पक्राउ



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपाल प्रहरीले फैसला कार्यान्वयनका क्रममा पाँच हजार तीन सय ६४ जनालाई पक्राउ गरी रु एक अर्ब १९ करोड जरिवाना असुल गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा पाँच हजार तीन सय ६४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । साथै उनीहरूलाई तोकिएको रु एक अर्ब १९ करोड ८४ लाख ४९ हजार तीन सय ६१ जरिवाना असुल उपर गरिएको छ ।

उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भन्दा करिब तीन सय १३ प्रतिशतले बढी हो । सो अवधिमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट ५४ जना, काठमाडौं उपत्यकाबाट ६ सय १३ जना, कोशी प्रदेशबाट आठ सय २५ जना, मधेश प्रदेशबाट एक हजार ७ सय ९७ जना, बागमती प्रदेशबाट पाँच सय २२ जना, गण्डकी प्रदेशबाट चार सय ४७ जना, लुम्बिनी प्रदेशबाट नौ सय १६ जना, कर्णाली प्रदेशबाट ८३ जना र सुदूरपश्चिम प्रदेशबाट १ सय ७ जना पक्राउ परेका हुन् ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तीन हजार एक ५० जना पक्राउ परेका थिए । कर्तव्य ज्यान, लागुऔषध, जबरजस्ती करणी, बैंकिङ कसूर, ठगीलगायत विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने सन्दर्भमा नेपाल प्रहरीले विशेष अभियान नै सञ्चालन गरी फैसला कार्यान्वयनलाई तीव्र गतिमा अघि बढाएको अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले बताएका छन् ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ९ : ३३ बजे

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

साउनमा लुम्बिनी प्रदेशमा ४१८ सवारी दुर्घटना, ३५ जनाको मृत्यु

बुटवल । लुम्बिनी प्रदेशमा साउन महिनामा ४१८ वटा सवारी दुर्घटना

बासुदेव खोलामा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा। हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) सङ्क्रमणबाट