३१ जेष्ठ २०८२, शनिबार | June 14, 2025

शुद्धोधनका वडा अध्यक्ष भीमबहादुर र तत्कालिन प्रशासकीय अधिकृत मरासिनी घुस काण्डमा दोषी ठहर



बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका जनप्रतिनिधि सहित प्रमुख प्रशासकीय अधिकृत घुस लिएको अभियोगमा दोषी ठहर भएका छन् । सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले उनीहरूलाई दोषी ठहर गरेको हो ।

दोषी ठहर भएकाहरुमा शुद्धोधन गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादव र गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्त मरासिनी रहेका छन् ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष यादव र गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्त मरासिनी भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका हुन् । घुस लेनदेनमा बिचौलियाको काम गरेका विनोद भरलाई समेत बिशेष अदालतले मतियारको रूपमा सजाय तोकेको छ ।

विशेष अदालतका न्यायाधीशहरू डा.खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले फैसला सुनाउँदै वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र मतियार भरलाई दोषी ठहर गरेको हो । शुद्धोधन गाउँपालिका, रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत मरासिनी र सोही गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष यादवले ठेक्कामार्फत नदीबाट झिकिएको बालुवा तथा गिट्टीको बिक्री आदेशका लागि सेवाग्राहीसँग घुस माग गरेको दाबी सहित अख्तियारले मुद्दा दायर गरेको थियो ।

प्रमुख प्रशासकीय अधिकृतमार्फत बिचौलिया विनोद भरलाई प्रयोग गरी सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको जानकारी पाएपछि अख्तियारको टोलीले भरलाई रकमसहित रङ्गेहात पक्राउ गरेको थियो । भरकै बयानका आधारमा प्रमुख प्रशासकीय अधिकृत मरासिनी र वडाध्यक्ष यादव पक्राउ परेका थिए ।

अनुसन्धानपछि बिक्री आदेशको म्याद थप गर्ने प्रयोजनका लागि घुस मागेको पुष्टि भएपछि अख्तियारले गत असार ११ गते उनीहरु विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

सोही मुद्दामा बिशेष अदालतले प्रमुख प्रशासकीय अधिकृत मरासिनीलाई ५० हजार बिगो बराबरकै जरिवाना र तीन महिना कैदको सजाय सुनाएको छ । घुस रकम माग गर्ने वडा अध्यक्ष यादव र बिचौलिया विनोद भरलाई भने मतियारको रूपमा जनही २५ हजार रुपैयाँ जरिवाना र डेढ महिना कैदको फैसला सुनाइएको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  १० : ०० बजे

मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता : आदर्श र धम्बोझी विजयी

नेपालगन्ज । नेपालगन्जमा आयोजित प्रथम नगर मावि स्तरीय मेयर कप

गोप्य फोटो भिडियो बनाई बार्गेनिङ गर्ने २ जना पक्राउ

संखुवासभा । व्यक्तिगत गोपनिय फोटो र भिडियो बनाएर बार्गेनिङ गर्ने

बागलुङ जिप दुर्घटना अपडेट : घाइते तथा मृतकको पहिचान खुल्यो

बागलुङ । आज साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा भएको जिप

माओवादी नेता तथा संविधानसभा सदस्य विरेन्द्र जुहारचनको अन्त्येष्टि

मुस्ताङ । संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का

प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

काठमाडौं । काठमाडौंको तीनकुनेमा पूर्वराजा समर्थकको प्रदर्शनमा अवाञ्छित गतिविधिमामा संलग्न