५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

१२ हजार घुस लिएको अवस्थामा वन अधिकृत घुससहित पक्राउ



काठमाडौं । सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल राय यादवलाई घुस लिएको अभियोगमा पक्राउ गरिएको छ । उनलाई सेवाग्राहीसँग नगद रु १२ हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

विशेष सूचना तथा उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, बर्दिवासबाट खटिएको टोलीले वन अधिकृत यादवलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।

आयोगका अनुसार यादवले सिरहाको एक उद्योगको लागि ल्याएको काठ सिलबन्दीअनुसार भए÷नभएको रुजु गरी कागजात सहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस÷रिसवत माग गरेको भनी उजुरी परेको थियो ।

आयोगको उक्त टोलीले प्रमुख यादवको साथबाट स्रोत नखुलेको रु एक लाख ३३ हजार १२० पनि बरामद भएको जनाएको छ । टोलीले निज यादवलाई आज कर्जन्हा नगरपालिका– ४ स्थित मिर्चौयाबाट बन्दीपुर जाँदै गर्दा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ३ : ०४ बजे

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे