१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

लुम्बिनी बौद्ध विश्वविद्यालयले बुटवलमा शुरु ग-यो ‘इन्टरनेशनल रिलेसन’को पढाई



बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले बुटवलमा इन्टरनेशनल रिलेसन एण्ड पिस स्टडिजको पठनपाठन शुरु गरेको छ । विश्वविद्यालयले बौद्ध दर्शनसँग जोडेर स्नातकोत्तर तहमा इन्टरनेशनल रिलेसन विषय पढाउन शुरु गरेको हो ।

बुटवलमा शुक्रबार पहिलो ब्याचका विद्यार्थीहरुलाई अभिमुखिकरण गरिएको छ । सो अवसरमा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले विश्वविद्यालयलाई नयाँ ढंगले अगाडि बढाउन खोजिएको बताए । इन्टरनेशनल रिलेसन विषयलाई पाइलट विषयका रुपमा शुरु गर्दै अनलाइन माध्यमबाट इभालुएसनको प्रक्रिया अपनाइने बताए ।

हाम्रो मुलुकको डिप्लोम्यासी कमजोर अवस्थामा रहेको भन्दै उनले विश्वविद्यालयले डटेर अघि बढ्न सक्ने जनशक्ति उत्पादन गर्न जुटेको बताए । बौद्ध दर्शनसंग जोडिएको डिप्लोम्याटले विश्वमा देशलाई पहिचान गराउन सक्ने उनले विश्वास गरे ।

कार्यक्रममा बोल्दै विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले पछिल्लो दश वर्षमा विश्वविद्यालयले २ हजार भन्दा बढी विद्यार्थीलाई पढाउन थालिसकेको भन्दै यसलाई अन्र्तराष्ट्रिय रुपमा फैलाउदै लगिने बताए । बौद्ध दर्शन जोडिएको शिक्षाले पूर्विय सभ्यताको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

विश्वविद्यालयलाई भौतिक पूर्वाधारयुक्त बनासकिएको भन्दै उनले अवको दशक प्राज्ञिक विकासमा रहने बताए । लुम्बिनीलाई बौद्ध दर्शनको अनुसन्धान केन्द्र बनाएर बुटवल र देवदहमा अन्य शैक्षिक कार्यक्रम विश्वविद्यालयले विस्तार गरिरहेको उनले बताए ।

कार्यक्रममा बोल्दै शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले बौद्ध दर्शनका अनेक पक्षहरुको अनुसन्धान गर्दै बुद्धले ज्ञान आर्जनमा अपनाएका विधिहरुलाई विश्वविद्यालयले उपयोगमा ल्याउन सक्नुपर्ने बताए । उनले बुद्ध शिक्षालाई व्यवहारिक शिक्षामा जोड्दै लैजानुपर्ने बताए ।

कार्यक्रममा इन्टरनेशनल रिलेसन एण्ड पिस स्टडिज विषय समितिका अध्यक्ष डा. निरञ्जनमान बस्नेतले लामो कसरतपछि शैक्षिक कार्यक्रम शुरु गरिएको भन्दै यसले नयाँ डिप्लोम्याट्स उत्पादनमा टेवा पुग्ने विश्वास गरे । बौद्ध दर्शनसंग कुटनीतिलाई जोडेर पाठ्यक्रम निर्माण गरिएकाले यो नया विषयका रुपमा स्थापित हुने बताए ।

कार्यक्रममा मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखु, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक डा. कुमार खड्का, सिटी क्याम्पसका सहायक क्याम्पस प्रमुख मोहनलाल भण्डारी, इन्टरनेशनल रिलेसन एण्ड पिस स्टडिजका संयोजक राजेन्द्र घिमिरे, उपप्राध्यापक दयानिधि गौतम, सूचना प्रविधि परामर्शदाता रबिन पन्थी लगायतले शैक्षिक कार्यक्रमको विषयमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ८ : ०५ बजे

लुम्बिनी प्रदेश सरकारले घटायो मन्त्रालय संख्या

दाङ । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी र चुस्त बनाउन

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

चितवन । सोह्र वर्षअघि भरतपुर अस्पताल नजिकै घर भएका धर्म

सिद्धबाबा मन्दिरमा श्रावणी मेला सुरु, साउनभर जलार्पणका धार्मिक कार्यक्रम

बुटवल । पाल्पाको प्रसिद्ध सिद्धबाबा मन्दिरमा साउन महिनालाई लक्षित गर्दै