१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

मणिमुकुन्द राष्ट्रिय भलिबल : तेस्रो दिनको खेलमा आर्मी, गण्डकी, नेपाल पुलिस, एपिएफ विजयी



बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको आईतबार भएको खेलमा त्रिभुवन आर्मी क्लब, गण्डकी, नेपाल पुलिस र एपिएफ, विजयी भएका छन् ।

त्रिभुवन आर्मी क्लबले सोझो सेटमा कोशी प्रदेशलाई हराउँदै विजयी भएको हो । आर्मीले २५–२०, २५ –१३. २७–२५ बनाएर जित निकालेका हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै त्रिभुवन आर्मी क्लबका खेलाडी मनिस मानन्धर खेलको म्यान अफ द म्याच घोषणा भए । मानन्धर लाई नगद सहित सम्मान गरिएको थियो ।

नेपाल पुलिस क्लब र मधेश प्रदेश बीच भएको खेलमा नेपाल पुलिस क्लबले सोझो सेटमा हराउँदै विजयी यात्रा तय गरेको छ । प्रहरीले २५–२०, २५–११, २५–१२ बनाएर खेल आफनो पोल्टामा पार्न सफल भएको हो । उक्त खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै नेपाल पुलिस क्लबमा खेलाडी दिपक राज जोशी खेलको म्यान अफ द म्याच भए । उनलाई नगद सहित सम्मान गरिएको थियो ।

एपिएफ क्लब र कर्णाली प्रदेशबीच भएको खेलमा एपिएफ क्लबले सोझो सेटमा कर्णालीलाई हराउँदै विजयी भएको छ । २५–२१, २५–२१, २५–२० बनाएर एपिएफ विजयी भएको हो । खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै एपिएफका खेलाडी बिजय थापालाई खेलमा म्यान अफ द म्याच भए ।

गण्डकी प्रदेश र बाग्मती प्रदेशबीच भएको खेलमा गण्डकी प्रदेश बिजयी भएको छ । पहिलो सेट गण्डकीलाई २३ अंकमा रोक्दै बाग्मतीले २५ बनाएर पहिलो सेट जितेपनि त्यसलाई निरन्तरता दिन भने सकेन । गण्डकीले पहिलो सेट गुमाए पनि अन्य सेटहरु भने आफ्नो पोल्टामा पार्न सफल भएको छ । २५–१९, २५–२१, २५–२३ बनाएर गण्डकी प्रदेश विजयी भएको हो । खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै गण्डकी प्रदेशका खेलाडी राजन दलार्मी प्रतियोगिताको म्यान अफ द म्याच भए । उनलाई नगद सहित सम्मान गरिएको थियो ।

नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश बीच भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिस क्लबले २५–१७, २५–१४, र २५–१९ अंकका साथ पुलिस क्लब विजयी भएको हो । उक्त खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै नेपाल पुलिस क्लबका खेलाडी रबिन नगरकोटीलाई खेलको म्यान अफ द म्याच घोषणा गरिएको थियो । उनलाई खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराईले नगद सहित सम्मान गरे ।

आयोजक मणिमुकुन्द क्लवका अध्यक्ष लोकेन्द्र भण्डारीका अनुसार अहिले पहिलो चरणको खेल चलिरहेको छ । खेलमा प्रथम हुनेले नगद २ लाख १ रुपैयाँ सहित कप मेडल प्रमाणपत्र पाउने छन । दोस्रो हुनेले १ लाख ५० हजार १ रुपैया नगद कप मेडल प्रमाणपत्र हात पार्नेछन भने तृतीय हुनेले नगद १ लाख १ रुपैयाँ नगद सहित कप मेडल प्रमाणपत्र पाउने छन् ।

सान्त्वना स्थान हुनेले नगद ५० हजार १ रुपैयाँ सहित कप मेडल प्रमाणपत्र पाउने खेल संयोजक सुरेन्द्र गुरुङले बताए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई बिधागत रुपमा नगद सहित मायाको चिनोले सम्मान गरिने आयोजक क्लब मणिमुकुन्द भलिबल क्लबका बरिष्ठ उपाध्यक्ष किसन चन्दले बताए ।

माघ २ गते सम्म सञ्चालन हुने खेलको मुख्य प्रायोजक तिलोत्तमा नगरपालिकाले गरेको छ भने प्रदेश खेलकुद परिषद लुम्बिनीलले खेल प्रवद्र्धन, नेपाल भलिबल संघको सहयोगमा प्रतियोगिता भैरहेको आयोजक क्लबले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ९ : ०१ बजे

आज ३० औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३० औँ जनयुद्ध

बाँकेको खजुरामा शंकास्पद वस्तु फेला, सेना घटनास्थलमा

खजुरा । बाँकेको खजुरामा एकाबिहानै शंकास्पद वस्तु फेला परेको छ

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौं । आज विश्व रेडियो दिवस हो । रेडियो, सञ्चार

टी-२० विश्वकपमा भारतको लगातार दोस्रो जित, नामिबिया ९३ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत आयोजक भारतले लगातार दोस्रो जित

यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ