७ जेष्ठ २०८२, बुधबार | May 21, 2025

अनिल शाह र भीम सार्कीको शतकमा क्यानडा विरुद्धको एकदिवसीय सिरिज क्लिनस्वीप



काठमाडौं । नेपालले क्यानडाविरुद्धको अन्तिम खेल पनि आफ्नो पक्षमा पारेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा नेपालका ब्याट्सम्यान अनिल शाह र भीम सार्कीको शतकसँगै नेपाल क्यानडाविरुद्ध ९ विकेटले विजयी भएको छ ।

नेपालले टस जितेपछि क्यानडालाई ब्याटिङको निम्तो दिएको थियो । नेपालका बलरहरुले उत्कष्ट प्रदर्शन गर्दै क्यानडालाई २३२ रनमा समेट्न सफल भए ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालले ४४।३ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।नेपालका ब्याट्सम्यान अनिल र भीम चम्किएपछि क्यानडाको एक म्याच जित्ने सपना समाप्त भएको हो ।

नेपालका ओपनर कुशल भुर्तेल सस्तैमा आउट भएपनि अनिल र भीम सार्कीले उत्कष्ट पारी खेले । दुवै व्याट्सम्यानले शतक प्रहार गरेका छन् ।

अनिलले अविजित ११२ र भीमले अविजित १०१ रन बनाएका थिए । अनिल र भीमले दोस्रो विकेटका लागि १८९ रनको साझेदारी गरेका थिए । यो साझेदारी नेपालको एकदिवसीय इतिहासमा कुनै पनि विकेटका लागि अहिलेसम्मको ठुलो साझेदारी हो । यस अघि कुशल भुर्तेल र आसिफ सेखले जिम्बाबेविरुद्ध पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए ।

क्यानडाका लागि नवनीत धलिवालले सर्बाधिक ५० रन बनाएका थिए भने निखिल दत्ताले ४५ रन बनाए । त्यसैगरी हर्ष ठकेरले २९, श्रेयस मोभ्भाले २५, श्रीमान्थ विजेयेरात्नेले २२ तथा साद बिन जफारले अविजित ३१ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर हेमन्त धामीले आफ्नो डेभ्यु खेलमा ३ विकेट लिएका थिए । त्यस्तै कुशल मल्लले २ तथा ललित राजबंशी र आकाश चन्दले एक एक विकेट लिएका थिए ।

योसँगै नेपालले सिरिज ३-० ले जितेको छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ४ : ०८ बजे

कराते खेलाडी शेर्पाले चुमिन सगरमाथाको शिखर

काठमाडौं । बौद्ध डोजोका कराते खेलाडीले सगरमाथा शिखर चुमेकी छिन्

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान जनयुद्वकालीन सेल्टर रोल्पाको थवाङमा

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का

गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु

गोरखा । गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रकाशित गरेको चालु आर्थिक

ठेकेदारको अराजकता : गौरवको आयोजनाको ७८ मा सकिनुपर्ने सडक ८२ मा पनि सकिएन

पर्वत । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक गौरवको