४ भदौ २०८३, बिहिबार | August 20, 2026

अनिल शाह र भीम सार्कीको शतकमा क्यानडा विरुद्धको एकदिवसीय सिरिज क्लिनस्वीप



काठमाडौं । नेपालले क्यानडाविरुद्धको अन्तिम खेल पनि आफ्नो पक्षमा पारेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा नेपालका ब्याट्सम्यान अनिल शाह र भीम सार्कीको शतकसँगै नेपाल क्यानडाविरुद्ध ९ विकेटले विजयी भएको छ ।

नेपालले टस जितेपछि क्यानडालाई ब्याटिङको निम्तो दिएको थियो । नेपालका बलरहरुले उत्कष्ट प्रदर्शन गर्दै क्यानडालाई २३२ रनमा समेट्न सफल भए ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालले ४४।३ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।नेपालका ब्याट्सम्यान अनिल र भीम चम्किएपछि क्यानडाको एक म्याच जित्ने सपना समाप्त भएको हो ।

नेपालका ओपनर कुशल भुर्तेल सस्तैमा आउट भएपनि अनिल र भीम सार्कीले उत्कष्ट पारी खेले । दुवै व्याट्सम्यानले शतक प्रहार गरेका छन् ।

अनिलले अविजित ११२ र भीमले अविजित १०१ रन बनाएका थिए । अनिल र भीमले दोस्रो विकेटका लागि १८९ रनको साझेदारी गरेका थिए । यो साझेदारी नेपालको एकदिवसीय इतिहासमा कुनै पनि विकेटका लागि अहिलेसम्मको ठुलो साझेदारी हो । यस अघि कुशल भुर्तेल र आसिफ सेखले जिम्बाबेविरुद्ध पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए ।

क्यानडाका लागि नवनीत धलिवालले सर्बाधिक ५० रन बनाएका थिए भने निखिल दत्ताले ४५ रन बनाए । त्यसैगरी हर्ष ठकेरले २९, श्रेयस मोभ्भाले २५, श्रीमान्थ विजेयेरात्नेले २२ तथा साद बिन जफारले अविजित ३१ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर हेमन्त धामीले आफ्नो डेभ्यु खेलमा ३ विकेट लिएका थिए । त्यस्तै कुशल मल्लले २ तथा ललित राजबंशी र आकाश चन्दले एक एक विकेट लिएका थिए ।

योसँगै नेपालले सिरिज ३-० ले जितेको छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ४ : ०८ बजे

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका-२ एल गाउँकी सिर्जना खत्री विष्टलाई

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

भद्रपुर । झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या

‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली

म्याग्दी । म्याग्दीको अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको