१९ जेष्ठ २०८३, मंगलबार | June 2, 2026

बुटवलमा नेवाः भोज सम्पन्न



बुटवल । नेवारी खानाका परिकारको स्वादसंगै संस्कार संस्कृति संरक्षण गर्न बुटवलमा नेवाः भोज गरिएको छ ।

श्री बुटवल नेवा समाज वडा नं १,२ को आयोजनामा सोमबार महाबिर पुस्तकालय परिसरमा बृहत् नेवाः भोज गरिएको हो । नया पुस्तामा नेवारी संस्कार संस्कृति बुझाउन कार्यक्रम गरिएको समाजका अध्यक्ष सुभेन्द्रमान श्रेष्ठलले बताए ।

बुटवल नेवार समुदायको बाहुल्यता रहेको बस्तिका रुपमा रहेको र यहाँ बसोबासीहरुमा आफ्नो संस्कृति चिनाउन कार्यक्रम गरिएको उनको दाबी छ। नेवारी संस्कार अनुसार सहभागीहरु भोज खान भुईमा बस्ने र सालको पात (ल्हाफा) मा नै चिउरा, लसुनअदुवा, छोयला,भुटुवा, भ्यातल, प्याखा लगायत १४ परिकारहरु पस्कने ब्यवस्था गरिएको उनले बताए । पातको लाफा सिलाउन लगाएर ल्याईएको उनले बताए । प्रत्येक वर्ष पुस महिना र सोमबार पारेर कार्यक्रम गरिएको छ । आफुहरु संस्थागत रुपमा गाठेमंगल, न्यु भिन्तुना लगायत धेरै कार्यक्रमहरु गर्दै आएको उनले बताए ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले समुद्घाटन गर्दै नेवारहरुको विचमा संस्कार संस्कृतिबारे जानकारी दिने गरि महत्वपूर्ण कार्यक्रम गरिएको बताए । नेपाल सबै जातजातिहरुको बगैँचा भएको भन्दै नेवार त्यसमा पनि उत्कृष्ट संस्कृति भएको जातीमा पर्ने उनले बताए ।

कार्यक्रममा नेवा दय देवु रुपन्देही जिल्लाका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, समाजका उपाध्यक्ष अरुणा श्रेष्ठ लगायत सहभागी भएका थिए ।

कार्यक्रममा समाजका सचिव विजय शाक्यले कार्यक्रममा सबै जातजातीहरुलाई नेवारी खानाको परिकार चखाईने बताए । नेवारी संस्कार र संस्कृति जर्गेनाका लागि सहभागिहरुले न्युनतम शुल्क राखिएको उनले बताए ।

कमाउनेभन्दा पनि संस्कार चिनाउने सास्कृतिक नाचहरु समेत देखाईने कार्यक्रममा करीब २५० जना सहभागी हुने अनुमान रहेको उनले बताए । एक वर्षअघि घिन्ताङ घिसिङ कार्यक्रम बुटवलमा गरिएको थियो ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ७ : १५ बजे

न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्नेछु : प्रधानन्यायाधीश डा शर्मा

काठमाडौँ । प्रधान न्यायाधीश डा मनोजकुमार शर्माले न्याय क्षेत्रमा सुशासन

चितवनमा क्रिप्टोकरेन्सी कारोबार र डिजिटल ठगीको आरोपमा चिकित्सक पक्राउ

चितवन । गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय तथा कारोबार

तोलामा चार सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा रु

कांग्रेसले छायाँ सरकार गठन गरेको होइनः नेता आङ्देम्बे

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले

दरबार हत्याकाण्डको २५ वर्ष : रहस्य अझै अनुत्तरित, नारायणहिटी संग्रहालयमा बढ्दो चासो

काठमाडौं । नेपाली इतिहासकै सबैभन्दा दुःखद र रहस्यमय घटनामध्ये एक