३ पुस २०८२, बिहिबार | December 19, 2025

बुटवलमा नेवाः भोज सम्पन्न



बुटवल । नेवारी खानाका परिकारको स्वादसंगै संस्कार संस्कृति संरक्षण गर्न बुटवलमा नेवाः भोज गरिएको छ ।

श्री बुटवल नेवा समाज वडा नं १,२ को आयोजनामा सोमबार महाबिर पुस्तकालय परिसरमा बृहत् नेवाः भोज गरिएको हो । नया पुस्तामा नेवारी संस्कार संस्कृति बुझाउन कार्यक्रम गरिएको समाजका अध्यक्ष सुभेन्द्रमान श्रेष्ठलले बताए ।

बुटवल नेवार समुदायको बाहुल्यता रहेको बस्तिका रुपमा रहेको र यहाँ बसोबासीहरुमा आफ्नो संस्कृति चिनाउन कार्यक्रम गरिएको उनको दाबी छ। नेवारी संस्कार अनुसार सहभागीहरु भोज खान भुईमा बस्ने र सालको पात (ल्हाफा) मा नै चिउरा, लसुनअदुवा, छोयला,भुटुवा, भ्यातल, प्याखा लगायत १४ परिकारहरु पस्कने ब्यवस्था गरिएको उनले बताए । पातको लाफा सिलाउन लगाएर ल्याईएको उनले बताए । प्रत्येक वर्ष पुस महिना र सोमबार पारेर कार्यक्रम गरिएको छ । आफुहरु संस्थागत रुपमा गाठेमंगल, न्यु भिन्तुना लगायत धेरै कार्यक्रमहरु गर्दै आएको उनले बताए ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले समुद्घाटन गर्दै नेवारहरुको विचमा संस्कार संस्कृतिबारे जानकारी दिने गरि महत्वपूर्ण कार्यक्रम गरिएको बताए । नेपाल सबै जातजातिहरुको बगैँचा भएको भन्दै नेवार त्यसमा पनि उत्कृष्ट संस्कृति भएको जातीमा पर्ने उनले बताए ।

कार्यक्रममा नेवा दय देवु रुपन्देही जिल्लाका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, समाजका उपाध्यक्ष अरुणा श्रेष्ठ लगायत सहभागी भएका थिए ।

कार्यक्रममा समाजका सचिव विजय शाक्यले कार्यक्रममा सबै जातजातीहरुलाई नेवारी खानाको परिकार चखाईने बताए । नेवारी संस्कार र संस्कृति जर्गेनाका लागि सहभागिहरुले न्युनतम शुल्क राखिएको उनले बताए ।

कमाउनेभन्दा पनि संस्कार चिनाउने सास्कृतिक नाचहरु समेत देखाईने कार्यक्रममा करीब २५० जना सहभागी हुने अनुमान रहेको उनले बताए । एक वर्षअघि घिन्ताङ घिसिङ कार्यक्रम बुटवलमा गरिएको थियो ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ७ : १५ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको