१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बुटवल उपमहानगरपालिका नगर विकास कोषको उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मानित हुँदै



बुटवल । बुटवल उपमहानगरपालिकाले नगर विकास कोषले प्रदान गर्ने उत्कृष्ट सेवाग्राहीको सम्मान पाउने भएको छ । नगर विकास कोषले ३६ औं वार्षिकोत्सवको अवसरमा बुटवल उपमहानगरपालिकालाई उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मान गर्न लागेको हो ।

फागुन २ गते नगर विकास कोषले ३६ औं वार्षिकोत्सवको अवसर पारेर बुटवल उपमहानगरपालिकालाई उत्कृष्ट सेवाग्राहीको सम्मान गर्न लागेको नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले जानकारी दिए । बुटवलमा नगर विकास कोषको लगानीमा बहुतले पार्किङ भवन निर्माणको कामका लागि सम्झौता भइसकेर काम अगाडि बढेको छ ।

नगर विकास कोषले उत्कृष्ट सेवाग्राहीको सम्मान प्रदान गर्न लागेकोमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले खुशी व्यक्त गरे ।

उनले आगामी दिनमा अन्य क्षेत्रमा समेत उत्कृष्ट बन्ने प्रयत्नमा नगर रहेको बताउँदै नगरलाई समृद्ध बनाउन प्रयत्नरत रहेको बताए । उनले बुटवललाई उत्कृष्ट पर्यटकीय विश्रामस्थलका साथ साथै देशकै उत्कृष्ट नगरका रुपमा स्थापित गर्ने योजनाका साथ अगाडि बढेको बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ८ : ३२ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान