१९ असार २०८३, शुक्रबार | July 3, 2026

हिन्दु र मुस्लिमको एउटै तिर्थस्थल मुसबेटवा मजार : आजबाट ३ दिने मेला सुरु



खजुरा । बिश्व समुदायका बिरलै भेटिने हिन्दु र मुस्लिमको एउटै तिर्थस्थल बन्दै आएको बाँकेको खजुरा स्थित मुसबेटवा मजारमा आजबाट मेला लागेको छ । सयौं बर्ष पुरानो मानिएको मुसबेटवाबाबा मजारमा हरेक बर्ष बसन्त पन्चमी का दिनदेखि ३ दिन सम्म लाग्दै आएको परम्परागत मुसबेटवा मेला आज बाट शुरु भएको हो ।

खजुरा क्षेत्रमा मानव बस्ती बस्नु अगाडी दुईजना धार्मिक बाबाले मजारको स्थापना गरेको यतिहास बोकेको मजारलाई हिन्दु र मुस्लिम दुबै समुदायले धार्मिक तिर्थस्थल मान्दै आएका छन् । परम्परादेखि ३ दिन लाग्ने मुसबेटवा बाबा मजारमा बाँके,बर्दिया तथा छिमेकी जिल्लाहरु सहित भारतीय सिमावर्ती गाउँ र शहरबाट समेत मेला भर्न र मजारमा पूजा अर्चना गर्न आउने गर्दछन् ।

मजारमा भाकल गर्दा मनोकामना पुरा हहुने धार्मिक विश्वास रहँदै आएको छ । सबै धर्मावलम्बीले मान्ने र आस्थाका साथ मजार दर्शन र मेला भर्ने गरेका कारण मुसबेटवा मेलालाई सदभावको परीचय दिने मेलाकारुपमा पनि हेर्ने गरिएको छ ।

अन्य धार्मिक स्थलहरुमा फूलपातीको पूजा अर्चना हुने गरेपनि मुसबेटवा मजारमा भने च्यादर ओढाउने प्रचलन रहँदै आएको छ । च्यादर र प्रसाद चढाएर मन्नत मागे चाडैं नै पुरा हुने जनविश्वास समेत रहँदै आएको खजुरा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टेकबहादुर रोकायाले बताए ।

मुसबेटवा मेलाको आज एक कार्यक्रमका बीच खजुरा गाउँ पालिकाका अध्यक्ष डम्बर बिक तुफान , उपाध्यक्ष मन्जु मल्ल , वडा न (४ का अध्यक्ष रोकाया, युवा नेता सतिश निरौला, प्याब्सन लुम्बिनी प्रदेश उपाध्यक्ष ऋषिकेस जिसिलगायतले सामुहिक रूपमा मजारमा च्यादर ओढाएर उदघाटन गरेका छन् ।

सो अवसरमा प्रतिक्रिया दिँदै पालिका अध्यक्ष बिकले मुसबेटवा मेला खजुराको पहिचान बनेको बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  २ : ३६ बजे

स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको रकम भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु

बैतडीमा यात्रुवाहक बस दुर्घटना, कम्तीमा १६ जना घाइते

काठमाडौं । कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस बैतडीमा

आठ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा

काठमाडौं । निजामती कर्मचारी अस्पतालको सेवा एकाइ सञ्चालनमा आएको छ

रुपन्देही अदालत : चार हजार १०९ मुद्दा फर्छ्योट

भैरहवा । जिल्ला अदालत रुपन्देहीले यस वर्ष सात हजार ६४२