२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नवौं मणिमुकुन्द भलिबल कपको उपाधि आर्मीलाई



बुटवल । नवौं मणिमुकुन्द कप राष्ट्रिय स्तर भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । रुपन्देहीको तिलोत्तमा बिहीबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै आर्मीले उपाधि जितेको हो ।

त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई २५-२१, २५-१८ र २५-२१ ले हराउँदै उपाधि जितेको हो । युवा खेलाडीहरु लिएर मैदानमा उत्रिएको गण्डकी प्रदेशले उप विजेतामा चित्त बुझाउनु परेको छ । यसैगरी विभागीय टोली एपिएफ तेस्रो भएको छ ।

अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको हो । एपिएफले २५-२०,२५-२० र २५-१७ को सहज जित निकालेको थियो। सेमिफाइनलमा बुधबार गण्डकीले पुलिसलाई ३-२ ले र आर्मीले एपिएफलाई ३-० हराउँदै फाइनल भेट पक्का गरेका थिए ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागि गरि १० टोलीको सहभागिता थियो । प्रतियोगिताको विजेताले २ लाख १ रुपैयाँ नगद राशीसहित कप मेडल र प्रमाणपत्र हात पारेको छ ।

दोस्रोले हुने समुहले १ लाख ५० एक रुपैया र तेस्रोले १ लाख १ रुपैयाँ हात पारेका छन् । लिगकम नकआउटका आधारमा भएको खेलमा अन्तिम ४ मा पुगेको टोली नेपाल पुलिसले नगद राशी ५० हजार हात पारेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ६ : २५ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले