४ भदौ २०८३, बिहिबार | August 20, 2026

मलेसियासँग सेमिफाइनलमा पराजित, नेपालको एशिया कप खेल्ने सपना सकियो



काठमाडौं । नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको छ ।

शुक्रबार सम्पन्न सेमिफाइनलमा मलेसियाले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको ११६ रनको लक्ष्य पछाएको मलेसियाले १९।५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । मलेसियालाई जिताउने क्रममा ब्याटर एल्सा हन्टरले अविजित ६९ रन बनाएकी थिइन् ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै ११५ रन बनाएको थियो ।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्बाधिक २९ रन बनाएकी थिइन् भने कविता कुँवरले २३, रुबिना क्षेत्रीले २०, सिता राना मगरले ६, डोली भट्टले २५ र कविता जोशीले २ रन बनाएकी थिइन् ।

यो जितसँगै आयोजक मलेसियाले प्रतियोगिताको फाइनलमा युएईसँग खेल्ने छ । यससँगै युएई र मलेसिया २०२४ मै हुने महिला एशिया कपमा छनौट भएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  २ : २४ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक

संसदीय दलको विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

धौवादी फलाम खानीबाट नौ करोड ६० लाख धाउ उत्खननको योजना

काठमाडौं । धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन । चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक