२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

भारतीय ट्रकको ओभरलोडले नेपाली व्यवसायी मारमा, तीनै तहका सरकारले यातायात कानुन बनाउनु जरुरी रहेको महासंघको माग



बुटवल । ओभरलोड बोकेर नेपालमा निर्वाध रुपमा सञ्चालन हुने भारतीय ट्रकसंग नेपाली ट्रक व्यवसायीले प्रतिष्पर्दा गर्न नसक्ने यातायात व्यवसायीले बताएका छन् ।

नियम कानुन विपरित ओभरलोड बोकेर चल्ने भारतीय ट्रकलाई तत्काल रोक्न ट्रक व्यवसायीले सरकारसंग माग गरेका छन् । पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलको २३ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनमा बोल्ने यातायात व्यवसायीहरुले व्यवसायीका समस्या सरकारले सम्बोधन गर्न नसकेको गुनासो गरेका छन । लाखौ मानिसलाई रोजगार दिएर राज्यलाई अग्रिम कर बुझाउंदै आएका ट्रक व्यवसायी संकटमा पर्दा पनि सरकार गम्भीर बन्न नसकेको उनीहरुको गुनासो रहेको छ । सरकारले निर्धारण गरेको भाडा पनि नपाइएको ट्रक व्यवसायीको गुनासो छ ।

सोही कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले तीनै तहका सरकारले यातायात कानुन बनाउनुपर्ने बताए । उनले यातायात व्यवसायीका माग सरकारले सम्बोधन नगरेकाले अधिकारका लागि व्यवसायिक एकता आवश्यक रहेको बताए । ट्राफिक प्रहरीको ज्याजती र ओभरलोड बोक्ने भारतीय ट्रककाविरुद्व आन्दोलनमा उत्रनुपर्नेमा जोड दिए ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले यातायात व्यवसायीका समस्या समाधानका लागि कार्यविधि बनाउने बताउंदै व्यवसायीका समस्या सुल्झाउन सहकार्य गर्ने बताए ।

पाल्पा तिनाउ गाउंपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले यातायात व्यवसायीका समस्या समाधान गर्ने दायित्व सरकारको भएको बताए । नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले भारतीय ट्रकका कारण यातायात व्यवसायी आफ्नो पेशाबाट पलायन भएको बताए ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले आफ्नो कार्यकालमा भएगरेका कामका बारेमा यसरी व्याख्या गरे । कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्रविक्रम वानिया, महासंघका केन्द्रिय सदस्य बुद्विप्रसाद चौलागाई, पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल, पश्चिम नेपाल वस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, ढुवानी व्यवसायी समिति बुटवलका अध्यक्ष जीतबहादुर भाट क्षेत्री, यातायात मजदुर तथा व्यवसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल, बुटवल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, उद्योग व्यापार संगठनका अनिल ज्ञवाली, यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख लक्ष्मण लम्साल, कानुन व्यवसायी प्रख्यात बञ्जाडे लगायतले बोलेका थिए ।

कार्यालय प्रमुख बाबुराम अधिकारीको सञ्चालन र समितिका वरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्कीको स्वागतमा कार्यक्रम भएको थियो । साधारणसभा तथा अधिवेशनको अवसरमा पत्रकार यमलाल भुसाल, सुमन अधिकारी र मिना ढकाल, श्यामलाल पोखरेललाई सम्मान गरिएको थियो । समितिले आफ्ना केही व्यवसायी र उत्कृष्ट काम गरेका कर्मचारीहरुलाई सम्मान गरेको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ६ : ३३ बजे

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक

पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल र करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा

प्रधानमन्त्री शाहद्वारा बोलाइएको आकस्मिक मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । बालेन्द्र शाह (बालेन)ले आह्वान गरेको मन्त्रिपरिषद्को आकस्मिक बैठक