२९ भदौ २०८३, सोमबार | September 14, 2026

रुपन्देहीका व्यापारीको बर्दियामा कार्यशाला : व्यवसायीक प्रतिवद्धतासहित “ठाकुरद्वारा घोषणापत्र” जारी



बर्दिया । रुपन्देही व्यापार संघको २ वर्षे रणनीतिक योजना तर्जुमा कार्यशाला ११ बुँदे ठाकुरद्वारा घोषणापत्र जारी गर्दै सकिएको छ । लुम्बिनी प्रदेशको पर्यटकिय क्षेत्र वर्दियाको ठाकुरद्वारामा फागुन २ देखि ४ गतेसम्म आयोजित कार्यशालामा संघले आगामी २ बर्ष आयोजना गर्ने कार्यक्रमको तर्जुमा तथा विगतको समिक्षा गर्दै घोषणा पत्र सार्वजनिक गरेको हो ।

संघद्वारा जारी घोषणापत्रमा संघलाई सबै व्यवसायीहरुको साझा र सशक्त संस्थाको रुपमा थप विकास गर्दै संघ स्थापनाको लक्ष्य, उद्देश्य र संगठानात्मक प्रणाली अनुसार सबै तहमा नेटवर्क विस्तारमा विषेश ध्यानदिएर लाग्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यसैगरि संघलाई व्यवसायीको हकहित सुरक्षाका अतिरिक्त सामाजिक काममा पनि थप अग्रसर बनाउने योजनासहित अगाडी बढ्ने बताउँदै आर्थिक समृद्धि र आत्मनिर्भर अर्थतन्त्रलाई बलियो बनाउन आग्रह गर्दै तीनै तहका सरकारसंग सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ ।

कार्यशाला गोष्ठिमा संघलाई सबैको साझा र बलियो संस्थाका रुपमा स्थापित गर्ने आधार संघको सदस्यता संख्या नै हो भन्ने मान्यतालाई आत्मसाथ गर्दै सदस्यता अभिवृद्धिमा जोड पनि दिइएको छ ।

व्यापार संघले बुटवलबाट प्रदेश राजधानी सारिएपछि रुपन्देही क्षेत्रलाई बृहत आर्थिक राजधानी बनाउने भनि राजनीतिक दलहरुले गरेको प्रतिवद्धतालाई कार्यान्वयनमा ल्याउन सो क्षेत्रका विकास निमार्णका राष्ट्रिय आयोजनाहरु बुटवल–नारायणगढ सडक खण्ड, बुटवल–गोरुसिङ्गे सडक खण्ड, तिनाउ नदीको सिग्नेचर पुल, सिद्धबाबा सुरुङमार्ग, बेलवास वेथरी सडक खण्ड, तिनाउ कडिडोर निमार्ण, मोतीपुर औद्योगीक क्षेत्रको काम तत्काल सक्नु पर्ने तथा १२ सय सैयाको लुम्बिनी प्रादेशिक अस्पतालको निमार्ण, बुटवल सरकारी मेडिकल कलेजको निमार्ण, बुटवल मण्डपमा निमार्णाधिन अन्तराष्ट्रिय प्रर्दशनी केन्द्रको निमार्ण, अन्तराष्ट्रिय सम्मेलन केन्द्रको सञ्चालन हुनु पर्नेमा जोड दिएको छ ।

रुपन्देही र यस आसपासको क्षेत्र पर्यटन र कृषिको प्रचुर सम्भावना र आधार क्षेत्रका रुपमा रहेको उल्लेख गर्दै त्यसको सहि उपयोग र विकास गर्न योजनाबद्ध कार्यक्रम बनाएर अगाडि बढाउन आग्रह संघले गरेको छ ।

घोषणापत्रमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी र बर्दियाको पर्यटकिय स्थल ठाकुरद्वारा वीच व्यवसायीक तथा पर्यटकिय सम्बन्ध कायम गर्दै एकअर्का वीच अनुभव साटासाट एवं नियमित भ्रमणको प्याकेज कार्यक्रमलाई अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

गोष्ठिको समापनका अवसरमा बोल्दै संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले संघको स्थापनाको उद्देश्य र लक्ष्यलाई आत्मसाथ गर्दै गतिविधिहरु गर्नु पर्ने कुरामा जोड दिए । उनले संघको इतिहास मेटाउन लाग्नेहरुप्रति कडा रुपमा प्रस्तुत हुन आग्रह गरे । ज्ञवालीले वर्तमान समयमा अर्थतन्त्रमा देखिएको मन्दीको सामना गर्दै व्यवसायीक समृद्धिको बाटो पहिल्याउने कुरामा सबैको भूमिका जरुरी रहेको बताए ।

संघका पूर्व अध्यक्ष मोतीलाल पाण्डेले कुनै पनि संघ संस्थाको मेरुदण्ड भनेको त्यसको अनुशासन, लक्ष्य र नेतृत्वकर्ताको प्रतिवद्धता भएको हुँदा त्यसमा कुनै प्रकारको सम्झौता नगर्न आग्रह गरे । उनले संस्था विरुद्ध हुने गतिविधिलाई निस्तेज गरेर संघको गतिविधिलाई समय सापेक्ष बनाउन जरुरी भएको बताए ।

अर्का पूर्व अध्यक्ष पदमप्रसाद श्रेष्ठले संघले बोकेको लक्ष्य र उद्देश्यलाई पुरा गर्न नेतृत्वले महत्वपूर्ण भूमिका खेल्नु पर्ने सुझाव दिदै राज्यले निमार्ण गर्ने नीति र विधिले व्यवसायको अवस्था निर्धारण गर्ने हुँदा व्यवसाय मैत्री निती र विधि बनाउन सधै खबरदारी गर्नु पर्ने धारणा राखे ।

अर्का पूर्व अध्यक्ष यमलाल लोहनीले संस्थालाई बचाउन सके मात्र व्यवसायीक समस्याहरुका बारेमा बोल्न पाइने हुँदा संस्थाका विरुद्ध हुने कुनै पनि कदमलाई स्वीकार्न नसकिने बताए ।

कार्यक्रममा संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले आफ्नो नेतृत्वमा बनेको नयाँ टिमले संस्थागत विकास र व्यवसायीक हित विरुद्ध कुनै पनि सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गर्दै संघको इतिहासलाई बलियो बनाउने बताए । उनले कार्याशाला गोष्ठिले निकालेका निष्कर्ष र योजनालाई कार्यान्वयन गर्न टिमवर्कका साथ काम गर्ने जनाए ।

दुई दिनसम्म सञ्चालन गरिएको कार्याशालामा संघको अघिल्लो कार्याशालाले तय गरेका योजनाको समिक्षा तथा आगामी २ बर्षको कार्य योजना बनाइएको अध्यक्ष अधिकारीले जानकारी दिए । कार्याशालमा प्रशिक्षक उषा मल्ल सिंहले सहजीकरण गरेकी थिइन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ६ : ३० बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ