३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

टिभिएसका दुई नयाँ मोटरसाईकल बुटवलमा लन्च



बुटवल । जगदम्बा ग्रुपको बालाजी आटो मोबाईल्स बुटवल मिलनचौकमा टिभिएस कम्पनीका दुई वटा मोटरसाईकल चल्न गरिएको छ । आईतबार एक काएक्रमको आयोजना गरी नाटुका पुर्व केन्द्रीय अध्यक्ष जीवन अधिकारी, नाडाका प्रदेश सचिव रामु बेल्बासे बालाजी अटोबोईल्सका सञ्चालक बिशाल जैशवाल लगायतले संयुक्त रुपमा मोटरसाईकल लन्च गरेका हुन । टिभिएस रोनिन र आपाचे आरटीआर १६० भीफोर एफआईको सफल लन्च गरिएको हो ।

टिभिएस रोनिनमा नेपाली राईडरहरुलाई लक्षित गरि असाधारण सुविधाहरू समेटिएको कम्पनीको दावि छ । टिभिएस रोनिनमा २२५ सीसीमा चार ओटा भल्भ, एकल सिलिन्डर इन्जिन रहेको छ जसले २०.४ पीएस ७७५० आरपीएम सम्मको अधिकतम पावर र १९.९ एनएम ३७५० आरपीएम पीक पावरको रहेको छ । अपाचे आरटीआर १६० भी फोर एफ आइको विशेष संस्करणमा कम्पनीले सेग्मेन्टमै पहिलो पटक विभिन्न थप फिचरपनि उपलब्ध गराएको हो ।

सर्वाधिक शक्तिशाली फ्युल इन्जेक्टेड १५९.७ सीसी इन्जिनका साथमा श्रेणीकै पहिलो रोइड मोड्स, टीभीएस स्मार्टकनेक्ट र ग्लाइड थ्रो प्रविधि लगायत विशेषता सुसज्जित स्पोर्ट्स मोटरसाइकल टीभीएस आपाचे आरटीआर १६० अद्वितीय डिजाइनमा हल्का र लाउडर बुल्पुप एक्जस्ट जस्ता प्रविधिहरू रहेको कम्पनीको दावि छ ।

बुटवलमा आयोजना गरिएको कार्यक्रममा टिभीएसका रिजनल म्यानेजर धनिराम भुषाल, एओजी लुम्बिनी मार्सल आयुष नेपाल, टिभीएका ईश्वरी पौडेल लगायतले बोलेका थिए । नाटुका पुर्व केन्द्रीय अध्यक्ष जीवन अधिकारीले बिक्रि पछि त्यसको स्पेयर्सपाट्स र मर्मत संहार उचित हुनुपर्ने बताउँदै सफलताको शुभकामना दिए ।

जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक हो । कम्पनी शंकर समूहद्वारा संचालित छ यो शंकरलाल अग्रवालद्वारा सन् १९७९ मा विविध अपरेटिङ कम्पनीहरूको एकीकरणका साथ शंकर समूहको स्थापना भएको थियो । जगदम्बा मोटर्स प्रा. लिमिटेडको १४० भन्दा बढी घछ डिलरहरू र २०० भन्दा बढी आधिकारिक सेवा केन्द्रहरूका साथ काठमाण्डौंमा ६ विशेष शोरूमहरू सहितको विस्तृत डिलर नेटवर्क रहेको जनाइएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ५ : १५ बजे

सुनको मुल्य हालसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्यले नयाँ किर्तिमान कायम

संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थित

भक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार

भक्तपुर । भक्तपुर अस्पतालले पाठेघर खस्ने समस्या भएकाहरूको निःशुल्क उपचार

संसद्को अवरोध हटाउने प्रयास जारी, बैठक बस्न ढिलो हुने

काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्न ढिला हुने भएको छ । प्रमुख

कांग्रेसद्वारा सुदूरपश्चिमको प्रदेशसभा अवरोध, बैठक स्थगित

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिमको प्रदेश सभा बैठक अवरोध गरेको