२७ बैशाख २०८१, बिहिबार | May 10, 2024

जिया क्याई अन्तराष्ट्रिय जुडो प्रतियोगितामा स्वर्ण विजयतालाई खजुरामा अभिनन्दन



खजुरा । भुटानमा भएको दास्रो जिया क्याई अन्तराष्ट्रिय जुडो प्रतियोगितामा स्वर्ण पदक विजयता खजुराका २ जनालाई खजुरामा अभिनन्दन सहित पुरस्कृत गरिएको छ । स्थानीय ज्ञानोदय नमुना माबीमा अध्यनरत २ जना बिद्यार्थीले भुटानमा भएको दोस्रो जिया क्याई अन्तराष्ट्रिय जुडो प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएपछि उनीहरुलाई खजुरामा अभिनन्दन गरिएको हो ।

ज्ञानोदय नमुना मा वि खजुरामा कक्षा ११ मा अध्यानरत दिपा खत्री र काँसीराम माहुतले व्यक्तिगत तथा सामुहिक तर्फ स्वर्ण पदक जित्न सफल भएका थिए । १४ फ्रेबुवरीमा सम्पन्न जुडो तर्फ ६० केजी समुहमा माहुतले र ४४ केजी समुहमा खत्रीले स्वर्ण पदक जित्न सफल भएका थिए ।

स्वर्ण पदक विजेता खेलाडी हरुलाई ज्ञानोदय नमुना मावि र खजुरा गाउँपालिकाले संयूक्त रुपमा अभिनन्दन गरेको हो। खजुरा गाउँपालिकाले खेलाडीहरुलाई जनही २ लाख ७० हजार नगद सहित अभिनन्दन र पुरस्कृत गरेको जनाएको छ । उनीहरुलाई अभिनन्दन सहित अबिरजात्रा गर्दै खजुरा बजार परिक्रमा गराइएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ९ : ५० बजे

माछापुच्छ्रे बैंकले दियो दुर्गमको सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर

काठमाडौं । माछापुच्छ्रे बैंकले दुर्गम क्षेत्रको बिद्यार्थीहरुको सूचना प्रविधिको शिक्षालाई

बैंकिङ कसुर मुद्दामा फरार खजुराकी अनु पक्राउ

नेपालगन्ज । फरार अभियुक्त पक्राउलाई तिब्र पारेको बाँके प्रहरीले बैंकिङ

संविधानले आकार नै लिनसकेको छैन, बरु थप गिजोलिँदै गएको छ, समीक्षा र सुधार जरुरी छ : पूर्व सभामुख ढुङ्गाना

काठमाडौं । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको

पतिको हत्या अभियोगमा पत्नी पक्राउ

दाङ । उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको