११ श्रावण २०८३, सोमबार | July 27, 2026

तराई–मधेस जागरण अभियान अभियानको तयारीमा माओवादी



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले तराई–मधेसका क्षेत्रमा पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले तराई–मधेस (हुलाकी राजमार्ग) जागरण अभियानको तयारीका सम्बन्धमा छलफल गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा आगामी चैत १ देखि १५ गतेसम्म सञ्चालन हुने दोस्रो चरणको अभियानका बारेमा छलफल भएको सचिव गणेश साहले जानकारी दिए ।

उक्त अभियानको ‘रुट’का सम्बन्धमा पनि बैठकमा सामान्य छलफल भएको उनले बताए । अभियान झापाको चन्द्रगढीबाट सुरु भएर वीरगन्ज, ठोरी, माडी चितवन हुँदै पश्चिम नेपालसम्म पुग्नेछ । हुलाकी राजमार्गलाई आधार मानेर अभियान सञ्चालन गर्ने माओवादीको तयारी छ ।

गत भदौदेखि पुससम्म देशभर चलेको ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ सफल भएको निष्कर्ष निकालेको माओवादीले तराई–मधेस लक्षित जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । आजको बैठकमा अघिल्लो रुपान्तरण अभियानको समीक्षासमेत भएको सचिव साहले जानकारी दिए ।

बैठकले अभियानको मूल्याङ्क गर्दै सहयोग गर्नेलाई पुरस्कार र असहयोग गर्नेलाई दण्डको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ । बैठकमा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका इन्चार्जले अभियानका बारेमा ‘रिपोर्टिङ’ गरेका थिए ।

स्थायी समिति बैठक भोलि अपराह्न १ बजे पुनः बस्ने भएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ८ : १६ बजे

नागढुङ्गा-सिस्नेखोला औपचारिक उद्घाटन, तीन महिना परीक्षणपछि सर्वसाधारणका लागि खुला गरिने

काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आइतबार औपचारिक

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

बुटवल । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको निधन

शान्ति, संयमता र सामाजिक सद्भाव कायम मन्त्री मेहताको आग्रह

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री

डिडिसीले काठमाडौंमा ३० नयाँ बिक्री केन्द्र खोल्ने, अनलाइन बिक्री सुरु गर्ने तयारी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य उत्पादनको पहुँच

पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

पोखरा । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०