२८ माघ २०८२, बुधबार | February 12, 2026

मुलुकको भविष्य कांग्रेससँग जोडिएको छ : शशाङ्क कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले मुलुकको भविष्य नेपाली कांग्रेससँग जोडिएको बताएका छन् ।

कांग्रेस पूर्वमहामन्त्री डा कोइरालाले महासमिति सदस्यको सम्मानमा आज आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा मुलुकको भविष्य कांग्रेससँग भएकाले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए ।

“महासमितिसँगै उत्साह र उमङ्ग बोकेर जिल्ला जाऔँ, आउँदो निर्वाचनमा कांग्रेसलाई सर्वश्रेष्ठ पार्टी बनाऔँ”, डा कोइरालाले भने । कांग्रेस एकढिक्का भए यसलाई कुनै शक्तिले हराउन नसक्ने उहाँको भनाइ थियो । सभापति शेरबहादुर देउवाले पार्टीभित्र सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने उल्लेख गरे।

“विपी कोइरालाले आफ्नो लागिभन्दा देश र जनताका लागि सङ्घर्ष गरेका थिए, उनको सङ्घर्षलाई कांग्रेसले भुल्नुहुँदैन”, उनले भने । जीवन सङ्घर्ष भएकाले सङ्घर्ष गर्न सिक्नुपर्ने नेता डा कोइरालाको भनाइ थियो ।

कांग्रेस सङ्खुवासभाका सभापति एवं सांसद दीपक खड्काले सबैलाई स्वागत गर्दै चियापानले पार्टीभित्र भावनात्मक सम्बन्ध र एकताको सन्देश दिएको बताए।

कार्यक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्वउपसभापति गोपालमान श्रेष्ठलगायत पार्टीका केन्द्रीय तहका नेता, महासमिति सदस्य तथा कार्यकर्ताको सहभागिता थियो ।
–––

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ११ : ५० बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी