२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

कतारले गर्‍यो प्रतिवर्ष १४२ मिलियन टन ग्याँस उत्पादन गर्ने घोषणा



दोहा । कतारले विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रबाट उत्पादन विस्तार गर्ने नयाँ योजनाको घोषणा गरेको छ । जस अनुसार सन् २०३० भन्दा अगाडि प्रतिवर्ष १४२ मिलियन टन ग्याँस उत्पादन क्षमता पु¥याउने लक्ष्य रहेकोसमेत जनाएको छ ।

‘नर्थ फिल्ड वेस्ट नामको नयाँ नर्थ फिल्ड विस्तारले विद्यमान विस्तार योजनाहरूमा प्रति वर्ष थप १ करोड ६० लाख टन तरल प्राकृतिक ग्यास (एलएनजी) थप्नेछ,’ कतारका ऊर्जा मन्त्री साद शेरिदा अलकाबीले एक पत्रकार सम्मेलनमा भने ।

‘हालैका अध्ययनहरूले देखाएका छन् कि उत्तरी क्षेत्रमा २४० ट्रिलियन क्यूबिक फीट अनुमानित ठूलो अतिरिक्त ग्यास मात्रा छ, जसले कतारको ग्यास भण्डारको अवस्था १७६० ट्रिलियन क्यूबिक फीटबाट २००० ट्रिलियन क्यूबिक फीटमा बढाउँछ,’ अल काबीले भने, ‘जो राज्यको स्वामित्वमा रहेको कम्पनी कतार एनर्जीको पनि प्रमुख छन् ।’

‘यी नतिजाहरूले हामीलाई उत्तरी क्षेत्रको पश्चिमी क्षेत्रबाट वार्षिक लगभग १६ मिलियन टनको उत्पादन क्षमताको नयाँ एलएनजी परियोजना विकास गर्न सक्षम बनाउँदछ,’ उनले भने ।

यसले कतारको उत्पादन क्षमता १४२ मिलियन टनमा पुर्‍याउनेछ, यस दशकको अन्त्य अघि नयाँ विस्तार पूरा भएपछि हालको उत्पादन स्तरबाट झन्डै ८५ प्रतिशत वृद्धि हुन जान्छ,’ अल काबीले जानकारी दिदैँ भने ।

कतार इनर्जीका प्रमुखले समयमै विस्तार पूरा भएको सुनिश्चित गर्न फर्मले इन्जिनियरिङ कार्यको साथ तुरुन्तै सुरु गर्ने समेत उनले बताए । कतार संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र रुससँगै विश्वको शीर्ष एलएनजी उत्पादक मध्ये एक हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ७ : ५१ बजे

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका