५ भदौ २०८३, शुक्रबार | August 21, 2026

विज्ञान प्रविधीसँगै संस्कृत भाषालाई विद्यालयले गरेको माया अतुलनीय रहेको छ : पुर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल



तिलोत्तमा । पुर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विज्ञान प्रविधीसँगै संस्कृत भाषाको उत्थानमा गीवार्ण माविले खेलेको भुमिका अतुलनिय रहेको बताएका छन ।

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले अंग्रेजी र नेपालीसँगै भाषिक महत्वलाई उच्च कोटीमा राखेर संस्कृत विषयलाई समेत पठनपाठन गराउदै आएकोमा विद्यालयको प्रशंशा गरे । श्री गीर्वाण सरस्वति संस्कृत तथा साधारण माध्यमिक विद्यालय, तिलोत्तमा-५, मणिग्रामको ५८ औं बार्षिकोत्सव एवं अभिभावक दिवसको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पौडेलले विद्यालयसँग आफ्नो भावनात्मक सम्बन्ध समेत रहेको बताउदै गीर्वाण माविको पहिचानलाई थप उचाई प्रदान गर्न जस्तोसुकै त्याग गर्न समेत तयार रहेको स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका उपप्रमुख एवं विशिष्ट अतिथि जागेश्वर देवी चौधरीले अनुशाशित विद्यार्थी उत्पादन गर्ने शिक्षालयको रुपमा आफुलाई स्थापित गर्न गीर्वाण मावि सफल भएको भन्दै विद्यालयको प्रशंशा गरे । सभ्य समाज निर्माणका लागी शिक्षाको महत्वपुर्ण भुमिका रहने भएकाले संस्कृत भाषालाई समेत उत्तिकै महत्व दिएकोमा विद्यालयलाई धन्यबाद दिए । गीर्वाण सरस्वति संस्कृत तथा साधारण माध्यमिक विद्यालय, व्यवस्थापन समितिका अध्यक्ष यमदत्त सुवेदीको अध्यक्षता रहेको कार्यक्रममा प्रधानाध्यापक केदारचन्द्र पराजुलीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उच्च कोटीको शैक्षिक गुणस्तरका लागी केन्द्र सरकार, प्रदेश एवं स्थानीय तहलाई सहयोगको दायरा बढाउन आग्रह गरे ।

सो अवसरमा् अतिथीहरु जीवन विज्ञान संस्थाका संस्थापक एल पी भानु शर्मा, जिल्ला शिक्षा कार्यालय रुपन्देहीका माधव बन्जाडे, तिलोत्तमा वडा न ५ का अध्यक्ष रमेश डुम्रे, तिलोत्तमा वडा न ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेल, विद्यालयका सल्लाहकारहरु ऋषिराम भूषाल, कविराम अर्याल, रामचन्द्र पाण्डेय, लालमणि सुवेदी लगायतको सहभागिता रहेको थियो । वार्षिकोत्सवका अवसरमा विद्यालयको बृहतर विकाशमा लागिपर्ने अक्षयकोषदाता, बस खरिदमा सहयोग पुर्याउने समाजसेवी, शिक्षक, कर्मचारी, विद्यार्थी, लगायत विभिन्न ब्यक्ति विशेषलाई सम्मान गरिएको थियो । विद्यालयका सह प्रअ दयानिधी आचार्यको स्वागत रहेको कार्यक्रममा विद्यालयका शिक्षक कृष्ण पोख्ररेलले मुल समारोह तर्फ एवं शिक्षक उदयराज बस्याल र बासुदेव गौतमले अतिरिक्त क्रियाकलाप तर्फको कार्यक्रम सन्चालन गरेका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ८ : ०९ बजे

बागमतीका मुख्यमन्त्री थापामगरले आइतबार विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले यही भदौ ७

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा

जब एक चिनियाँ व्यक्ति गाउँ फर्किए, बनाए झुर ठाउँलाई ‘पर्यटकीय हब’

गुइयाङ (चीन) । मध्य चीनको हेनान प्रान्तको राजधानी झेङझाउस्थित फक्सकनको

रास्वपाको सचिवालयमा ९ जना थपिए, विभिन्न पदाधिकारी र केन्द्रीय सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संगठन विस्तार तथा

कांग्रेस महाधिवेशन रोक्न देउवा-खड्का सर्वोच्चमा, अन्तरिम आदेश माग

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै