७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुस–युक्रेन युद्धमा नेपालीलाई बचाउन संसदमा राप्रपाको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता



काठमाडौं,। प्रतिपक्षी दल राप्रपाले संसदमा जरुरी सार्वजनिक प्रस्ताव दर्ता गरेको छ । रुस–युक्रेन युद्धमा नेपालीलाई बचाउन माग गर्दै बिहीबार राप्रपाले जरुरी सार्वजनिक प्रस्ताव दर्ता गरेको हो ।

संघीय संसद् सचिवालयको कार्यव्यवस्था परामर्श समितिमा दर्ता गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा उल्लेख गरिएको छ, ‘नेपाली आमाका हजारौ राष्ट्र सपुतहरु विना कारण सीमित आर्थिक प्रलोभनमा परी रसिया र युक्रेन बीचको युद्धमा सहभागी गराइएको अन्तराष्ट्रिय जगतमै जघन्य अपराध ठानिने मानव तस्करी गरी युद्ध स्थलमा लगी सयौं घाइते र कयौंको मृत्यु भएको हुँदा यो नेपालको सार्वभौम प्रतिनिधि सभा, यस्तो जघन्य अपराधको विषयमा छलफल गर्नुपर्ने र सम्बन्धित मन्त्रालय र सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने अत्यन्त आवश्यक भएको हुँदा नेपाली आमाका छोराछोरीलाई ज्यान बचाउनको लागि जरुरी सार्वजनिक प्रस्ताव पेश गर्दछु ।’

प्रस्तावमा छलफल गर्नुपर्नाको कारण ‘हजारौं नेपाली आमाका सन्तानहरु विना कारण आज रसिया र युक्रेन बीचको युद्धमा मृत्यु हुनु परेको र युद्धमा फसेकाले तत्काल उद्धार गरिदिनु हुँन अत्यावश्यक भएकोले’ उल्लेख गरिएको छ ।

प्रस्तावकमा प्रमुख सचेतक ज्ञानबहादुर शाही छन् भने समर्थकमा विना लामा, अनिशा नेपाली र वीना जैसवाल रहेका छन् ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  ३ : ५९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई