२ चैत्र २०८२, सोमबार | March 16, 2026

दोस्रो मेयर कप तथा छैटौं राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको उपाधि प्रदिप र अभिलाषालाई



बुटवल । दोस्रो मेयर कप तथा छैटौं राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको उपाधि पोखराका प्रदिप खड्काले चुमेका छन् । बुटवल उपमहानगरपालिकाको सहयोग तथा रुपन्देही लनटेनिस संघको आयोजनामा भएको प्रतियोगितामा पहिलो रेकिङ खेलाडी प्रदिपले बुटवलका रितिक रानालाई ६-३, ४-६ र ६-४ को सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् ।

उसले नगद ६० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गरे । यो उपाधिसँगै उनले आफनो रेकिङमै रहेका छन । उपविजेता रितिक नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुस्कृत भए। रितिक एक पटकमात्र उपाधि चुमेका छन । यता महिलातर्फ अभिलाषा बिष्टले आफ्नो उपाधि रक्षा गर्न सफल भईन ।

फाईनलमा सिभाङी आरएल शाहलाई पराजित गर्दै बिष्ट च्याम्पियन बनेकी हुन । उनी लगातार दोस्रो पटक उपाधि आफ्नो नाम गर्दा शाहलाई फाईनलमा ६-०, ६-२ को सोझो सेटमा पराजित गरिन । उपाधिसंगै उनले नगद ६० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भईन । उपविजेता शाहले भने नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गरिने । यसैगरी ३५ प्लस सिङ्गलको उपाधि अनिल शाहिले चुमेका छन् । उनले फाईनलमा कमल भण्डारीलाई ७-५, ६-७ र ११-९ को ट्राईबेकरमा जित निकाले ।

प्रतियोगिताको एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, प्रदेश खेदकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, बुटवल-५ का वडा अध्यक्ष हरि प्रसाद श्रेष्ठ, नेपाल टेनिस संघका निवर्तमान अध्य‍क्ष मनोज सम्शेर राणा, लुम्बिनी प्रदेश लनटेनिस संघका अध्यक्ष संजय श्रेष्ठ, कास्की लनटेनिस संघका अध्यक्ष ल‍ोक गुरुङ, लुम्बिनी लनटेनिस संघका उपाध्यक्ष मनोज बस्नेत, जिल्ला संघका अध्यक्ष गोपाल ज्ञवालीले पुरस्कार बितरण गरे । मंगलबारदेखि शुरु भएको प्रतियोगितामा विभिन्न ११ ईभेन्टहरुमा प्रतिस्पर्धा भएको टुर्नामेन्ट सुपरभाइजर कृष्णराज घलेले बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ८ : १० बजे

सीके राउतद्वारा संसदीय राजनीतिबाट सन्यास घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास

सुनको मूल्य सामान्य बढ्यो, चाँदीमा पनि हल्का वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही । जिल्ला प्रहरी कार्यालयले करिब ११ लाखभन्दा बढीको अवैध

ड्रोन घटनापछि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अस्थायी रूपमा स्थगित

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोनसँग सम्बन्धित एक घटनापछि उडानहरू

लामिछानेविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा