३० बैशाख २०८१, आइतबार | May 12, 2024

पूर्वप्रेमिकाको हत्या गरेको अभियोगमा कोहलपुरबाट रामसिंह थारु पक्राउ



कोहलपुर । बाँकेको कोहलपुरबाट पूर्वप्रेमीकाको घाँटी थिचेर हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा २ मुक्तिनगरका ४५ वर्षीय रामसिंह थारुलाई आफ्नै पूर्वप्रेमीकाको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

गत शुक्रबार बैजनाथ गाउँपालिका ५ मा बारबर्दिया नगरपालिका–९ बनगाइकी २७ वर्षीया उर्मिला चौधरीको शव फेला परेको थियो । मृतक उर्मिला रामसिंहको पूर्वप्रेमीका रहेको र मनमुटाव हुँदा उनको रामसिंहले घाँटी थिचेर हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

बिबाह पूर्व प्रेम सम्बनधमा रहेका दुबैजनाले बिबाह पछि पनि सम्बन्ध कायम राखेको र गत फागुन १७ गते राति भेटघाटका प्रेमीका चौधरी बैजनाथ गाउँपालिका ५ मा आएकी थिइन् । सोही क्रममा उनीहरुबीच केही मनमुटाव भएको र रिस आवेगमा रामसिंहले पूर्वप्रेमीका उर्मिलाको घाँटी थिचेर हत्या गरेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले बताए ।

मृतक चौधरीको शव फागुन १८ गते बैजनाथ गाउँपालिका –५ स्थित बनकट्टीदेखि जिगाउँ जाने भित्री पक्की बाटोको किनारामा फेला परेको थियो ।

पक्राउ परेका रामसिंहलाई बाँके जिल्ला अदालतबाट आइतबार पाँच दिन हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  १० : १६ बजे

काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या, चार जना पक्राउ

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ ।

प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक

आजको मौसम : आज चार प्रदेशमा दिनभर वर्षा हुने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

लियोको ३२५ पी नेपालको अध्यक्षमा रुपन्देहीकी श्रद्धा कुँवर

बुटवल । लियो ३२५ पी नेपालको अध्यक्षमा श्रद्धा कुँवर निर्वाचितभएकी