१५ चैत्र २०८२, आइतबार | March 29, 2026

बुटवलको कपडा पसलमा काम लगाइदिने भन्दै जव मुजफ्फरपुर बेचिइन्…..



काठमाडौं । बुटवलको कपडा पसलमा काम गर्न गएकी एक महिला मानव तस्कर गिरोहको फन्दामा परेर भारतमा बेचिएकी छन् । पूर्वी नवलपरासीका जीवन भन्ने रिकमन राईले फेसबुकमार्फत चिनजान गरी बुटवलको कपडा पसलमा राम्रो आम्दानी हुने रोजगारीमा लगाइदिने प्रलोभन देखाएर ती महिलालाई भारतमा लगेर बेचेका हुन् ।

नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालका अनुसार राईले उनलाई काठमाडौँ बोलाई वीरगञ्ज हुँदै भारतको मुजफ्फरपुरमा पु¥याइ बिक्री गरेका हुन् ।

पीडितलाई त्यहाँ बन्धक बनाइराखेको अवस्थामा वैदेशिक रोजगारीमा रहेका श्रीमानसम्म जानकारी पुगेपछि उनैको पहलमा महिलाको उद्धार गरिएको छ ।

उद्धार पछि पीडितले मानव बेचविखन तथा ओसारपसार मुद्दामा जाहेरी दिएकी थिइन् । उनकै जाहेरीका आधारमा राईमाथि अहिले मानव बेचविखन तथा ओसारपसार मुद्दामा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहेको फुँयालले बताए । राईले पीडितको घरको आर्थिक अवस्था कमजोर भएको थाहा पाएपछि बुटवलमा मासिक रु ४० हजारदेखि ५० हजार तलब पाइने कपडा पसलमा काममा लगाइदिने प्रलोभन देखाइ गएको माघ ४ गते महिलालाई काठमाडौँबाट वीरगञ्ज लगेको फुँयालले जानकारी दिए ।

प्रहरी उपरीक्षक फुँयालका अनुसार रक्सौल हुँदै भारत बिहारको मुजफ्फरपुरको खपडा भन्ने ठाउँमा पु¥याइ कथित मोर्डन फेसन ट्रेड मार्क नामक कम्पनीमा बुझाएको खुल्न आएको छ । राईले कम्पनीमा काम गर्न ७ दिने तालिम लिनुपर्छ भनी जाहेरवालाबाट सुरुमा १६ हजार लिएको खुल्न आएको छ भने तालिम दिई सकेपश्चात कम्पनीमा लगानी गर्नुपर्छ भनी जाहेरवालाबाट कम्पनीमा लगानीको लागि जबरजस्ती एक लाख ८० हजारसमेत लिएको बताइएको छ। बीमासमेत गर्न रकम चाहिन्छ भनेकोमा पीडित महिलाले इन्कार गरी नेपाल फर्काइदिन आग्रह गरेपछि उनलाई बन्धक बनाइएको फुँयालले बताए ।

मानव तस्कर गिरोहले हामीले तिमीलाई जसरी ल्याएका हौँ, तिमीले पनि त्यसैगरी अन्य चार जना व्यक्तिहरु ल्यायौँ भने मात्र यहाँबाट पठाइदिन्छौँ भनी मोबाइल जफत गरी, बाहिर निस्कनसमेत नदिइ कम्पनीको होस्टलमा बन्धक बनाएका राखेका पीडित महिलाले प्रहरीसमक्ष बयान दिएकी छिन् ।

उक्त गिरोहले नेपालबाट आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई कम्पनीको काममा लगाइदिने प्रलोभनमा देखाइ लैजाने र त्यसरी लगिएका व्यक्तिलाई अन्य चार जना व्यक्ति खोजेर ल्याएमा कमिसन दिने भनी प्रलोभनमा पार्ने गरेको खुल्न आएको छ ।

उक्त घटनामा अन्य व्यक्ति पनि संलग्न रहेको आशङ्कामा खोजतलास तथा थप अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ८ : ५३ बजे

पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौं । पूर्व उर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी

अध्यक्ष ओलीको रिहाइ माग्दै एमालेद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम । जिल्लाको फेदाप गाउँपालिका-१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रेपलाञ्चोक । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण