१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा उम्मेदवारी दिने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा आज बसेको पदाधिकारीको बैठकले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

नेता अर्जुन नरसिंह केसीका अनुसार बैठकले राष्ट्रियसभाको अध्यक्षमा सहयोगका लागि अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ । उम्मेदवारी दिने निर्णय गरेपनि उम्मेदवारका विषयमा भने आज निर्णय भएको छैन।

माओवादीसँगै गठबन्धन कायम रहेको अवस्थामा कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने योजना बनाएको थियो । तर, नयाँ गठबन्धन बनेपछि फेरिएको परिस्थितिमा सो गठबन्धनसँग राष्ट्रियसभामा स्पष्ट बहुमत रहेको छ । नयाँ गठबन्धनका दलहरुबीच अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेका उम्मेदवार उठाउने सहमति भैसकेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  १२ : २२ बजे

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

बेनी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी सवारीसाधन फिर्ता

काठमाडौं । सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै

अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै कांग्रेसको आपत्ति, ‘शक्ति केन्द्रीकरणको खतरनाक संकेत’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् स्थगित गरेर

बाँकेको नरैनापुरमा आगलागी, १५ घर/गोठ जले

नेपालगन्ज । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । नरैनापुर

एमसिए-नेपाल अन्तर्गतको धानखोला-लमही सडक एफडीआर प्रविधिबाट स्तरोन्नति हुँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनअपेक्षा अनुसार सडक