७ आश्विन २०८३, बुधबार | September 23, 2026

महिला सशक्तीकरणमा एमाले अग्रणी : केपी ओली



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महिला सशक्तीकरण र जागरणका लागि आफ्नो पार्टी अग्रणी भूमिकामा रहेको बताएका छन् ।

एक सय १४औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मोतिदेवी स्मृति केन्द्रद्वारा शनिबार आयोजित सम्मान, विमोचन र वृत्तचित्र प्रदर्शनीमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले सामाजिक रुपान्तरण, महिला जागरण र सामाजिक न्याय प्राप्तिका अभियानमा एमाले अग्रस्थानमा रहिनैरहने बताएका हुन् ।

अध्यक्ष ओलीले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने हल्ला सत्य होइन भन्दै अहिले विभिन्न तीन तहमा सम्पूर्ण जनप्रतिनिधिमध्ये ४० प्रतिशत महिला हुनु र राज्यका निकायका ३३ प्रतिशत महिला आरक्षण हुनुजस्ता विषयलाई उपलब्धिपूर्ण मान्नुपर्ने बताए ।

त्यस अवसरमा पूर्वप्रधानमन्त्री ओलीले ‘सङ्घर्षशील योद्धाहरू’को लोकार्पण गरे । यस्तै, उनले सामाजिक रूपान्तरणकर्ता, उत्कृष्ट शोधार्थी र कम्युनिष्ट आन्दोलनमा योगदान गरेकालाई सम्मानित समेत गरे । आज सम्मानित हुनेमा प्रेरणादायी महिलामा धम्मावती गुरुमा, युवा वैज्ञानिक रोजिता बुद्धाचार्य, वाइल्ड लाइफ फोटोग्राफर विनिता भण्डारी, उद्यमी सावित्री थापा, समाजसेवी शान्ति चड्डा, राजनीतिककर्मी सोना छेदुङ लामा, साहसिक बस चालक रेणुका थापा, दुर्गमकी चिकित्सक तुल्सी शाही, सामाजिक अभियन्ता सोनिया सदाय र मानव बेचबिखनविरोधी अभियानकर्ता चरिमाया तामाङ छन् ।

केन्द्रका अध्यक्ष अष्टलक्ष्मी शाक्यले आफ्ना निजी स्वार्थ त्यागेर समाज रुपान्तरण र महिला जागरणमा योगदान गरेका महिलालाई भविष्यमा पनि सम्मान गरिने जानकारी दिइन । नेपाल कम्युनिष्ट पार्टीका एक संस्थापक मोतिदेवी श्रेष्ठको स्मृतिमा उक्त केन्द्र स्थापना भएको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ४ : ३५ बजे

कांग्रेसको ५१२ पालिकामा अधिवेशन सुरु

ललितपुर । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका ७५३ पालिकामध्ये

एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक