७ फाल्गुन २०८२, बिहिबार | February 20, 2026

जनमतको ५९ औं रक्तदान कार्यक्रममा ४० जनाले गरे रक्तदान



नेपालगन्ज । बाँकेको नेपालगन्जबाट झण्डै ४ दशक पहिले देखि प्रकाशित हुँदै आएको जनमत अर्ध साप्ताहिक पत्रिकाको आयोजनामा भएको रक्तदान कार्यक्रम अन्तर्गत ५९ औं श्रृङ्खलामा ४० जना रक्तदाताले रक्तदान गरेका छन् ।

नेपाल स्वयमसेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिको समन्वय, सिद्धबाबा हार्डवेयर तथा स्टार पोेलिपाइप प्रा.लि.को सहयोगमा भएको त्रैमासिक रक्तदान कार्यक्रमको ५९ औं श्रृङ्खलामा ६ महिला सहित ४० जनाले रक्तदान गरेका हुन् ।

जनमतको रजत वर्ष–२०६३ देखि “रक्तदान जीवनदान” को उद्देश्यका साथ नियमित रुपमा “त्रैमासिक रक्तदान कार्यक्रम” हुँदै आएको छ । रक्तदानको ५९ औं श्रृङ्खलामा रक्तदान गर्नेहरुमा नेपाल स्वयमसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, नेपाल स्वसमसेवी रक्तदाता समाज राप्तीसोनारीकी उपाध्यक्ष अमृता केसी, दैनिक नेपालगन्जका सम्पादक झलक गैरे, अन्नपूर्ण पोष्ट दैनिकका प्रदेश प्रमुख तथा मेरो खुशी डट कमका सम्पादक शंकरप्रसाद खनाल, नियमित रक्तदाता लक्ष्मण कुमार वैश्य, निरजमान श्रेष्ठ, विनोद कुमार वैश्य, पवन कुमार वैश्य, गौतम प्रसाद पौडेल, एसओएस युवालय नेपालगन्जकी सहायक निर्देशक मीना भुषाल (तुलाधर) लगायत ले रक्तदान गरेका छन् ।

सो अवसरमा सहभागीहरुलाई जनमत त्रैमासिक रक्तदानको व्याच वितरण गरिएको थियो भने कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक सोम प्रसाद सापकोटा, होमराज गिरी, महेश रानाक्षेत्री, सुनिल पुलामी, सञ्जय बढही, वीरेन्द्र योगीले प्राविधिक सहयोग गरेका थिए ।

वि.सं. २०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रमको ५९ औं श्रृङ्खलासम्म पुग्दा करीब तीन हजार पिन्ट भन्दा बढी स्वयमसेवी रक्तदाताहरुले रक्तदान गरिसकेको जनमतका प्रधान सम्पादक पुर्णलाल चुकेले बताए ।

नियमित रक्तदान गर्ने पुरुषहरुमा हुनसक्ने आइरन ओभर लोड कम हुने र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुने चिकित्सकहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ६ : १४ बजे

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण

कांग्रेसको बिस्तृत प्रतिज्ञा पत्रमा के के छन् ? (पूर्णपाठ)

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरमा सक्षिप्त प्रतिज्ञापत्र सार्वजकि गरेको

गार्गी एकेडेमीमा किड्स फेस्टिभल २०८२ सम्पन्न

बुटवल । बुटवलको देवीनगरस्थित गार्गी एकेडेमीले आफ्नो १६ औँ स्थापना

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली