२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपाल प्रहरीको पोलिग्राफ शाखाबाट पाँच हजारभन्दा बढीको परीक्षण



काठमाडौं । नेपाल प्रहरीको पोलिग्राफ शाखामा हालसम्म दुई हजार सात सय ७८ मुद्दाका पाँच हजार चार सय १७ जनाको पोलिग्राफ परीक्षण गरिएको छ । स्थापना भएयता १० वर्षमा सो बराबर परीक्षण गरिएको हो ।

आर्थिक वर्ष २०७०/७१ मा दुई सय २५, आव २०७१/७२ मा चार सय ६८, आव २०७२/७३ मा तीन सय ९१, आव २०७३/७४ मा पाँच सय ४३, आव २०७४/७५ मा पाँच सय ८५, आव २०७५/७६ मा पाँच सय ८८, आव २०७६/७७ मा सात सय ५९, आव २०७७/७८ मा छ सय पाँच, आव २०७८/७९ मा तीन सय ८१, आव २०७९/८० मा चार सय ८२ र चालु आवमा दुई सय ९० जनाको पोलिग्राफ परीक्षण गरिएको जनाइएको छ ।

परीक्षण गरिएकामध्ये नेपाल प्रहरीका दुई सय ४१, पूर्वप्रहरी कर्मचारी छजना, नेपाली सेनाका ४०, राष्ट्रिय अनुसन्धान विभागका पाँच र सशस्त्र प्रहरी बलका २९ गरी जम्मा तीन सय २१ जना रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार व्यक्तिले बोलेका कुराको सत्यता जाँच गर्ने प्रविधि पोलिग्राफ भएको र यसलाई वैज्ञानिक भाषामा झुठो बोलेको पत्ता लगाउने मनोशारीरिक प्रविधि पनि भनिन्छ । पोलिग्राफ आधुनिक विधिविज्ञानको सबभन्दा पुरानो प्रविधि हो ।

नेपाल प्रहरीमा विसं २०७० माघ २२ गतेबाट ‘नेपाल प्रहरी पोलिग्राफ निर्देशिका, २०७०’ लागू भएपश्चात विधिवत पोलिग्राफ परीक्षण थालनी भएको प्रवक्ता ढकालले बताए । उनले भने, “पोलिग्राफ परीक्षणबाट अपराध अनुसन्धानलगायत अन्य विभिन्न अनुसन्धानमा महत्त्वपूर्ण टेवा पुगेको छ । हालसम्म परीक्षण गरिएकामध्ये करिब ५० प्रतिशत परीक्षणले अनुसन्धानलाई निर्देशित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथ्याङ्कले देखाएको छ ।”

यस प्रविधिलाई अझ प्रभावकारी बनाउन कर्मचारीलाई तालिम तथा आधुनिक उपकरणको प्रयोगलाई विशेष ध्यान दिने गरिएको र समयानुकूल पोलिग्राफ परीक्षण प्रभावकारिताको मूल्याङ्कनसमेत गर्ने गरिएको प्रवक्ता ढकालको भनाइ छ । पोलिग्राफ प्रि–टेष्ट, टेष्ट र पोष्टटेष्ट गरी तीन चरणमा परीक्षण गरिने गरिएको प्रहरीले जनाएको छ । पोलिग्राफ परीक्षण सञ्चालन गर्दा परीक्षण गरिने व्यक्तिको स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था रहेको र आशङ्कित व्यक्तिले झुठ बोले÷नबोलेको परीक्षणले सङ्केत गर्ने गर्दछ ।

चालु आर्थिक वर्षको माघसम्मको सात महिनामा एक सय ४३ वटा मुद्दाका दुई ९० जनाको पोलिग्राफ परीक्षण गरिएको प्रवक्ता ढकालले बताउनुभयो । तीमध्ये दुई सय ६३ पुरुष र २७ महिला छन् । उनीहरूमध्ये झुठ बोलेको सङ्केत एक सय छजना, झुठ नबोलेको सङ्केत एक सय ७० जना, राय दिन नसकेको अवस्था दुईजना, परीक्षण स्वीकृति नदिएको ११ जना र विश्लेषणका लागि अपर्याप्त सङ्केत एकजनामा देखिएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका व्याक्ति वा शङ्कित वा पीडित वा साक्षीहरूले बोलेको कुराको सत्यता परीक्षण गर्नका लागि पोलिग्राफको प्रयोग गरिने तथा पोलिग्राफको माध्यमबाट अनुसन्धानलाई परिणाममुखी बनाउने, अनुसन्धानको दायरालई साँघुरो बनाउने, निर्दोष व्यक्तिको निर्दोषिता पुष्टि गर्ने, प्रमाणको पहिचान तथा अन्य घटनासँग सम्बन्धित विविध कुरा पहिचान गर्न सकिने प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक नवीनराज राईले बताए ।

उनले भने, “पोलिग्राफ परीक्षणलाई प्रभावकारी बनाउन यसका मापदण्ड र अन्तर्राष्ट्रिय मान्यताअनुरुप परीक्षण गर्ने गरिएको र कार्यरत कर्मचारीको दक्षता अभिवृद्धि र आधुनिक साधनस्रोत व्यवस्थापनका लागि समन्वय गर्ने गरिएको छ ।”

हाल केन्द्रीय पोलिग्राफमातहत रही अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टङ्गाल, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीलगायत सातवटै प्रदेश प्रहरी कार्यालयमा पोलिग्राफ परीक्षण हुँदै आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  १० : १७ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले