३ पुस २०८२, बिहिबार | December 19, 2025

उच्च अदालतका तत्कालीन रजिष्ट्रार कटुवाल भ्रष्टाचार मुद्दामा दोषी ठहर



काठमाडौं । विशेष अदालतले उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा फैसला सुनाउदै दोषी ठहर गरेको छ।

आइतबार विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु र रामबहादुर थापाको इजलासले कटुवाललाई भ्रष्टाचारी ठहर गरेको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  कटवालविरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा २०७९  भदौ  १६ गते  विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

उक्त मुद्दालाई अन्तिक किनारा लगाउँदै विशेष अदालतले कटवालबाट ४ लाख ९८ हजार ९ सय ९५ रूपैयाँ बिगो तिराउनुपर्ने ठहर गरेको छ।  विशेष अदालतले कटवाललाई ९ महिना कैद सजाय पनि हुने फैसला सुनाएको छ।

रजिष्ट्रार कटवालले आर्थिक वर्ष ०७८/०७९ मा विनियोजित बजेट अनियमितता गरी खर्च गरेको र स्थायी शिक्षिकाको रूपमा अन्यत्रै कार्यरत श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्ति गरेको अख्तियारको आरोप थियो।

पदीय दुरूपयोग गरी विभिन्न शीर्षकमा विनियोजित बजेटअनुसार गर्नुपर्ने खर्च शीर्षकमा नक्कली बिल भरपाई खडा गरी, नक्कली सम्झौतासमेत बनाई आफैं स्वीकृत गरेको भेटिएको थियो।

सर्वोच्च अदालतबाट भर्चुअल अनुगमन निरीक्षण भएकोमा दिपायल मुकाममा होटल खर्च भएको स्वीकृति गरी बिल भरपाई बनाई आफैंले भुक्तानी लिएको भेटिएको, कतिपयमा स्टोर किपरबाट शोधभर्ना गराई भुक्तानी लिने, व्यबासायीहरूसँग अफिसको हिसावकिताव मिलाउन भनी बिल ल्याई हुँदै नभएको खर्चको नक्कली खरिद देखाउने, प्रयोगविहीन गाडीको मर्मत गरेको भनी बिलको भुक्तानी लिने, किर्ते गरी मिति सच्चाई भ्रमण काजको भुक्तानी लिनेलगायतको फर्जी कार्यको आफैँ सदर गरी भुक्तानी गरेको भेटिएको अख्तियारले दाबी गरेको थियो।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ७ : ४८ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको