१३ श्रावण २०८३, बुधबार | July 29, 2026

दुर्गन्ध नियन्त्रण गर्न अष्ट्रिज प्रालि सन्चालक तथा स्थानीय बीच सहमति



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा १७ मा रहेको अष्ट्रिज प्रालि भित्र सन्चालित उद्योगले दुर्गन्ध फैलाएको भन्दै विरोधमा उत्रिएका स्थानीय र उद्योग सन्चालक बीच सहमति भएको छ ।

अष्ट्रिज प्रालि भित्र च्याउ उत्पादन गर्ने क्रममा प्रयोग हुने विभिन्न बस्तु आदि कुहाईने तथा कम्पोष्ट बनाइने गरेको तथा त्यसबाट निस्कने गन्धका कारण सिंगो गाउँ नै प्रभावित बनेको भन्दै स्थानीय विरोधमा उत्रिएका थिए । बुधबार तिलोत्तमा १७ मुडियारीका स्थानीय, उद्योग सन्चालक तथा तिलोत्तमा नगरपालिकाका प्रमुख, उपप्रमुख सम्मिलित बार्ता मार्फत विभिन्न बुदामा सहमति भएको छ ।

सहमतिमा अबको १ बर्षभित्रमा दुर्गन्ध फैलाएको भनिएको चिजबिज तथा बस्तु र कच्चा पदार्थलाई अन्यत्र स्थान्तरण गर्ने, च्याउबाट निस्कने कालो पानीलाई सार्वजनिक कुलो वा नालामा नफाली उचित ब्यवस्थापन गर्ने, उद्योग विचोविच कायम रहेको नक्सामा रहेको पानीको निकाश दिने नालालाई पुनः कायम गर्ने, तथा अष्ट्रिज प्रालिले १० बर्ष अघि लिजमा लिएको बाल कल्याण आधारभुत विद्यालयको जग्गा तत्काल अब विद्यालयले नै भोगचलन गर्ने गराउने लगायतका सहमति भएको स्थानीय ओमनाथ पाण्डेले जानकारी दिए ।

उद्योग सन्चालक सीपी शर्माले स्थानीयको माग बमोजिम नै उद्योगलाई अब अन्यत्र स्थान्तरण गर्ने गरि तयारी भैरहेको जानकारी दिए । उनले च्याउ बनाउने क्रममा उत्पन्न हुने गन्ध नियन्त्रण गर्न गाह्रो हुने भएकाले उद्योग नै स्थान्तरण गर्नुको विकल्प नरहेको औल्याए । सन्चालक शर्माले अबको १ बर्षभित्रमा बुधबारको सहमति अनुसार नै कार्य गरिने प्रतित्रद्धता जनाएका हुन ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ५ : ३५ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ